प्रत्येक गर्भवती महिलाको स्वास्थ्य राम्रो हुनु जरुरी छ । उनले राम्रो वा पोषणयुक्त खाना र परिवार तथा छरछिमेकको स्नेह र सहयोग पाउनु पर्छ ।स्वस्थ महिलाहरू गर्भावस्थामा तथा सुत्केरी हुँदा कुनै कठिनाइ महसुस गर्दैनन् र त्यस्ता महिलाबाट जन्मिएका बालबच्चा पनि स्वस्थ हुन्छन्।

गर्भवती आमामा उच्च रक्तचाप, मधुमेह एन्टिबडी सेन्ड्रोम बढ्नेलगायतको समस्या भएमा वा पाठेघरमा ट्युमर छ भने पनि समयअघि नै बच्चा जन्मन सक्छ । इन्फेक्सन, पोषण तत्वको कमी, हेमोग्लोबिनको मात्रा कम भएको आमाबाट पनि निर्धारित अवधिभन्दा अगाडि नै बच्चा जन्मन सक्छ।गर्भ रहेको ३७ हप्ताभन्दा पहिले नै जन्मेका बच्चामा विभिन्न स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन्।

नर्मल बच्चा २ दशमलव ५ केजीको हुन्छ भने समयअगावै जन्मिने बच्चाको तौल एब्नर्मल हुन सक्छ । त्यस्ता एब्नर्मल तौल भएको बच्चालाई बचाउनसमेत गाह्रो पर्न सक्छ । समयअगावै जन्मने बच्चामा जन्डिस, हृदयाघात, ग्लुकोज र तापक्रमको कमीजस्ता समस्या हुन सक्छ ।