शताब्दियौंदेखि मानिसहरू पीपलको रुखको पूजा गरिरहेका छन् ।धर्तीमा भएका रुखमध्ये यसैले सबभन्दा बढी अक्सिजन फाल्छ । यसले चौबीसै घन्टा अक्सिजन दिन्छ । पीपलले हामीलाई अनेकथरी रोगबाट बचाउँछ । यसका सुकेका पात, सुकेका फल, जरा र बीजले समेत शरीरलाई फाइदै फाइदा गराउँछ । आउनुस्, यसका फाइदाका बारेमा जानिराखौं ।

चाउरी

पीपलको जरालाई पानीमा भिजाएर पिँध्नुस् र यसको पेस्टलाई अनुहारमा दल्नुस् । पेस्ट सुकेपछि अनुहार धुनुस् । यसलाई नियमित लगाउँदा चाउरी हट्छ ।

दाद र चिलाउने

दाद र छाला चिलाउने समस्या छ भने पीपलका चार पातहरू चपाई चपाई खानुस् । यसो गर्न सक्नुहुन्न भने पीपलको बोक्राको काँढा बनाउनुस् र दाद लागेको ठाउँमा लगाउनुस् ।

पेट ठीक गर्न

कब्जियत, ग्यास र पेटको समस्यालाई हटाउन पीपलको ताजा पातको जुस बिहान बेलुका पिउनुस् । यो जुसले वात र पित्त पनि ठीक हुन्छ ।

दम

दमको रोगीका लागि पीपल त वरदानै हो । पीपलको बोक्राको भित्री भागलाई निकालेर सुकाउनुस् । सुकाएपछि धूलो बनाउनुस् र पानीमा भिजाएर दम रोगीलाई पिलाउनुस् ।

रुघाखोकि

पीपलको पातको धूलोलाई पानीमा अलिकति मिश्री मिसाएर पिउँदा रुघामर्की ठीक हुन्छ । वर्षौंसम्म रुघाले सताएको मान्छेलाई पनि यस्तो काँढाले ठीक पार्छ ।

घाउचोटमा

घाउ लागेपछि छिट्टो सुकाउनका लागि पीपलका पातलाई तातो पानीमा राख्नुस् अनि घाउमा लगाउनुस् । यसले घाउ सुकाउन थाल्छ ।

पाइताला नरम बनाउन

पीपलको पातबाट निस्कने दूधलाई फाटेको पाइतालामा दल्दा तिनीहरू कोमल र सामान्य हुन्छन् ।

नाथ्री फुट्ने

गर्मीमा प्रायः मानिसको नाथ्री फुट्छ । पीपलका ताजा पातको रस निकालेर नाकमा चुहाउनुस् । यसो गर्दा रगत बग्न बन्द हुन्छ ।