---Advertisement---

प्याजको सेवनबाट पथरी निकाल्ने देखि दाँतको किरा मार्ने सम्मको अचुक फाइदा

On: January 20, 2018 11:10 PM
Follow Us:

प्याज  तरकारी/सब्जी आदिमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला फल जो माटामनि फल्छ। रक्तसञ्चार र पाचनलाई बलियो बनाउँछ र ढाडको समस्याबाट जोगाउँछ ।  प्याज काटेर राख्नाले वातावरणमा भएको बैक्टीरिया सोस्दछ।

प्याज तातो भुँङ्ग्रोमा पोलेर यसको पानी निचोरेर कानमा हाल्नाले तुरुन्त कान दुख्न कम हुन्छ।  यसको  रस एक तोला, मह एक तोला, भीमसेनी कपूर तीन मास राम्ररी मिलाएर लगाउँनाले मोतिया बिन्दको असर रहन्न। यदि शरीरको कुनै भाग बारुदले जलेमा त्यो स्थानमा प्याजको रस लगाउँनाले तुरुन्त फाइदा गर्दछ। पथरी को सिकायतमा प्याज उपयोगी हुन्छ। प्याजको रस चिनीमा मिलाएर सरवत बनाएर पिउँनाले पथरी निस्कन्छ। प्याजको रस विहान खाली पेटमा पिउँनाले पथरी आँफै बाहिर निस्कन्छ।

गठियामा प्याजको रस र सरस्यौको तेल मिलाएर मालिस गरेमा फाइदा हुन्छ। प्याजको पेष्ट बनाएर लगाउँनाले फुटेको एडियामा राहत मिल्दछ। दांतमा पायरिया प्याजको टुक्रालाई तावामा तताएर दाँतको तल दबाएर मुख बन्द गर्ने यो गरेमा १०-१२ मिनेटमा मुखमा लार जम्मा हुन्छ। यस्लाई मुखको चारैतिर घुमाउँने र निकालेर फ्याँकी दिने । दिनमा ४-५ पटक ८-१० दस दिन सम्म पायरिया जरैदेखि समाप्त भएर जान्छ। दाँतको किरा पनि मर्दछन् । गिजापनि मजबुत हुन्छ।