‘सिस्नु’ रोगहरु निको पार्ने प्रकृतिको बरदान

0
730

गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्दा खानाको रूपमा लिने गरेको सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारभित्र पर्न थालेका छन् । सिस्नोको उत्पादन, प्रशोधन र बिक्री गर्दै आएको सुनसरीको हिमालयन एग्रो प्रोडक्टले देशका मुख्य शहरहरूमा सिस्नो पाउडर पु¥याइसकेको छ । राजधानीमा मुख्य कार्यालय रहेको सो कम्पनीले सिस्नो पाउडर देशभित्रमात्रै नभई अमेरिका, बेलायत, जापान, हङकङ, कोरियालगायतका मुलुकहरूमा पु¥याइसकेको छ ।

हाम्रो देशको विभिन्न ग्रामीण मुलुकहरूमा रहेका विभिन्न सहकारीहरूले सङ्कलन गरेको सिस्नोलाई राजधानीमा ल्याएर प्रशोधन गरी प्याकेजिङ र ब्राण्डिङमा जुटेको हिमालयन एग्रो प्रोडक्टले तयार गरेको रावा नामक ब्राण्डको सिस्नो सुप र चिया अत्यन्तै लोकप्रिय रहेको प्रबन्ध निर्देशक दाबी गर्छन्। वार्षिक ६० देखि ७० लाखको सिस्नो पाउडर बिक्री गर्दै आएका राईले यसकै आन्तरिक र बाह्य बजार विस्तार तर्फ लागे बताए। पछिल्लो समयमा सिस्नोको महत्वलाई बुझेर यसको कारोबारमा ओइरिने सङ्घ(संस्थाहरूको पनि लर्को लागेको छ । त्यसमा गाउँघरमा विभिन्न आमा समुह, सहकारीहरूले सिस्नोको प्रशोधनमा जुटेका छन् भने शहरमा दर्जनौं सङ्घरसंस्था र कम्पनीहरुले विभिन्न ब्राण्डबाट सिस्नोको कारोबार गरिरहेका छन् ।

सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ । महिनावारी अनियमीत हुने ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।

त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ ।