कसैलाई सुत्ने क्रममा घुर्ने समस्या छ भने त्यसलाई घरेलु उपचारमार्फत अन्त्य गर्न सकिन्छ । सुरुवाती दिनमा कसैलाई घुर्ने समस्या छ भने उनीहरूलाई तल दिइएको उपाय अपनाएमा उपचार हुने दावी आयुर्वेद चिकित्सकहरूले गरेका छन् । सँगै सुत्ने व्यक्तिलाई घुर्ने व्यक्तिका कारण अत्यन्तै तनाव लिनुपर्छ । घुर्ने समस्यालाई चिकित्सिकहरूले मुटु रोगसँग सम्बन्धित रहेको बताउने गरेका छन् । यदि कुनै व्यक्ति धेरै घुर्न थालेमा उसले तुरुन्त चिकित्सकसँग चेकजाँच गराउनु पर्छ ।

बेसारको प्रयोग

बेसारमा एन्टीसेप्टी र एन्टीबायोटिक गुण हुन्छ । बेसारको प्रयोगले नाकलाई सफा गर्न सहयोग गर्छ । सास लिन सजिलो हुन्छ । रातिमा सुत्नु अघि प्रत्येक दिन बेसारलाई दूधमा मिसाएर पिउने गर्दा पनि घुर्ने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।

अलैँची

अलैँचीको प्रयोगले खोकी र चिसो हटाउन औषधि मानिन्छ । अलैँचीको प्रयोगले श्वसन प्रणालीलाई खोल्ने काम गर्छ । अलैँचीको नियमित प्रयोगले सास फेर्नका लागि सहज बनाउँछ । राति सुत्नु अघि अलैँचीलाई मनतातो पानीमा भिजाएर पिउने गर्नाले पनि घुर्ने समस्याको उपचार हुन्छ । अलैँचीको प्रयोग सुत्नु भन्दा ३० मिनट अगाडि गर्नुपर्छ ।

पुदिनाको तेल

पुदिनामा धेरै महत्वपूर्ण तत्व हुन्छन् । जसले हाम्रो नाकका छिद्रहरूलाई क्रियाशील बनाउन सहयोग गर्छन् । पुदिनाको तेल तातो पानीमा २–३ थोपा राखेर त्यसको बाफ लिँदा नाकमा भएका समस्याहरू हट्ने गर्छन् । बाफ केही दिनसम्म नियमित रुपमा लिनु पर्छ ।

लसुन

लसुन अत्यन्तै गुणकारी मानिन्छ । नाकमा जम्मा भएको सिंगानलाई हटाउन लसुनको प्रयोगले धेरै सहयोग गर्ने आयुर्वेद चिकित्सकहरूले बताएका छन् । नाकबाट सास लिन समस्या भएका बेला लसुनको प्रयोगले त्यसलाई सहज बनाइदिने गर्छ । लसुनको पोटी फोकेर पानीमा भिजाएर त्यसको रस नियमित पिउँदा त्यसले घुर्ने व्यक्तिलाई उपचारमा मद्दत गर्छ ।