मुखमा सात सय किसिमका व्याक्टेरिया हुने गर्छ। दैनिक भोजनपछि वा दिनमा कम्तिमा दुईपटक दाँत सफा (ब्रस) गर्नु दाँत र मुखको स्वास्थ्यसँग मात्र नभएर सिङगो स्वास्थ्यमा परिरहेको हुन्छ । दाँतको नियमित सफाइले स्वास्थ्यका धेरै जोखिमबाट जोगाउँछ ।

विशेषगरी, पायरिया भएमा त्यसले दातलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुने गर्छ । पाइरिया भएमा दाँतको गिजा पहेलो तथा खराब हुन थाल्छ र त्यसबाट खुन निस्कन थाल्छ ।पान, सुपारी लगायतका सुर्तीजन्य पदार्थका कारण पनि पायरिया हुने गर्छ । सामान्यतथा पायरिया कैल्सियमको कमी, गिजाको खराबी तथा दात तथा मुखको खराबीका कारण हुने गर्छ ।

दाँत सफा नगर्दा दाँतमा किरा लाग्ने वा बिग्रने मात्र नभएर गिजा सम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । कुनै कुनै केसमा त किराले दाँत प्वाल पार्नेमात्र होइन दाँतलाई जरासम्म जोड्ने हाडसमेत नष्ट हुन्छ । ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ, अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ र इन्फेक्सन हुन्छ । त्यतीमात्र नभएर हाम्रो सिङगो शरिरलाई यस्तो रोग लगाउछन् ।

मुटुसम्बन्धी रोगः मुख र दाँत सफा नगर्दा मुटुसम्बन्धी रोग लाग्छ । मुखमा उत्पन्न हुने ब्याक्टेरिया र दाँत सफा नगर्नुबीच सम्बन्ध छ । दाँत सफा नगर्दा मुखमा उत्पन्न हुने ब्याक्टेरिया हाम्रो शरीरको रक्त प्रवाहमा मिसिन्छ र पाचन प्रणालीलगायत विभिन्न प्रणालीमा असर पार्न सक्छ । मुख र दाँत सफा नहुनुको परिणामस्वरुप मुटुसम्बन्धी रोग, मस्तिष्कघात र अल्जाइमर्स डिजिज लाग्न सक्छ ।

बच्चा जन्मनमा समस्याःदाँत सफा गर्नु गर्भवतीका लागि अझ बढी महत्वपूर्ण छ । किनभने गर्भवतीले दाँत सफा नगर्दाको असर गर्भमा समेत पर्छ । दाँत सफा नगर्नुको असर गर्भको बच्चाको वजन थोरै हुने, समय नै नपुगी जन्मने र हुनुपर्नेजस्तो शारीरिक विकास हुँदैन ।

मधुमेहःदाँतको सफाइ नगर्दा मधुमेह उत्पन्न हुनसक्छ । जर्नल अफ अमेरिकन डेन्टल एसोसिएसनमा प्रकाशित एउटा अध्ययनले गिजासम्बन्धी रोग र मधुमेहबीच सम्बन्ध रहेको पत्ता लगाएको छ।अध्ययनले एउटा भएका कारणले अर्को हुने भनेर ठोकुवा नै गरेको छैन ।

मस्तिष्कघातः दाँत सफा नगर्दा उत्पन्न हुने प्लेक रक्त प्रवाहमा प्रवेश गरेपछि रक्त नलीमा समेत प्लेक जम्मा हुन्छ । यसले मस्तिष्क र मुटुमा रक्त प्रवाहमा अवरोध गर्छ । फलस्वरुप मस्तिष्कघात र हृदयघात हुनसक्छ।