४ फेब्रुअरी अर्थात माघ २१, २०१८ मा युट्युवमा अपलोड भएको इन्दु बानियाँद्वारा स्वरवद्ध गीतको भिडियो दुइ दिनमै २ हजार भन्दा बढीले हेरेका छन् । ‘राम कसम चट्टै’ बोलको म्युजिक भिडियोको यो भ्युअर्स  गीतको फरक कम्पोजिसन, गायन, गीतको कोरियोग्राफी र गीत सुटिङ गरिएको मनोरम स्थान रहेका छन् । भक्तपुरको पाइलटबाबा आश्रम, घ्याम्पे डाँडामा छाँयाङ्कन गरिएको सो म्युजिक भिडियो बिन्दावासिनी म्युजिक प्रा.लि ले आईतबार साँझ सार्वजनिक गरेको हो ।

‘दर्शक श्रोताले मन पराइदिनु भएकोमा उत्साहित छु ।’ गायिका इन्दु बानियाँले संवादपोस्टसँग प्रतिक्रिया दिँदै यस गीतले आफ्नो चिनारी बनाउने आशा समेत व्यक्त गरिन् । यस गीतका रचनाकार तथा सङ्गीतकार मनोजराज सिवाकोटी हुन् ।

काजिस श्रेष्ठको निर्देशनमा  ‘राम कसम चट्टै’  म्युजिक भिडियोमा पुष्पल खड्का र अञ्जली अधिकारीले अभिनय गरेका छन् । संवादपोस्टसँगको कुराकानीमा गायिका  बानियाँले म्युजिक भिडियो राम्रो बन्नुमा अजय रेग्मीको क्यामारा सञ्चालन र रमित वलीको सम्पादन कुशलताको समेत प्रशंसा गरिन् ।इन्दु बानियाँले यस अघि रेडियोकर्मी एवं गीतकार राम अविरलको रचना रहेको ‘तिम्रो न्यानो त्यो काखैमा निदाउँने मन छ’ गीत गराएकी छिन् ।