स्वास्थ्यका लागि हिडाईंका धेरै फाइदा छन् । यो एरोबिक अभ्यास हो । टेनेसी विश्वविद्यालयले गरेको अध्ययनमा पनि नहिड्नेभन्दा हिड्नेको शरीरमा बोसो काम भएको पाइएको थियो । हिड्दा शरीरमा रगत जम्न पाउँदैंन र मुटु रोग पनि लाग्न पाउँदैंन ।

यसका फाइदा के–के छन् ?

१। रगत सन्चालनमा वृद्धि गर्छ – हिड्नाले रक्तचाप न्युन हुन सहयोग गर्छ र मुटुको रोग लाग्न दिँदैंन । टेनेसी विश्वविद्यालय र कोलोराडो विश्वविद्यालयहरुले गरेका अध्ययनले महिनावारी बन्द भैसकेका महिलाहरुले दैनिक २ माइलसम्म हिड्ने गर्नाले २४ हप्तामा रक्तचाप करिब ११ अंकले घट्छ । दैनिक ३० मिनेट हिड्ने महिनामा स्ट्रोक हुने सम्भावना २० प्रतिशतले कमी आउँछ ।

२। हड्डी मजबूत पार्छ – विशेषगरी ओस्टियोपोरोसिस रोग लागेकाहरुमा हिडाईले हड्डीको मासी कम हुनबाट बचाउँछ । महिनावारी बन्द भएका महिलाले दैनिक ३० मिनेट हिड्नाले हिप भाँचिने सम्भावना ४० प्रतिशतले कमी गर्ने पनि अध्ययनहरुले देखाएका छन् ।

३। आयु बढाउँछ – ५० र ६० को दशकमा पुगेका मानिसहरुले नियमित हिड्नाले आयु पनि बढ्छ । मिचिगन विश्वविद्यालय मेडिकल स्कुल र हेल्थकेयर सिस्टम विशेषज्ञ आन हार्बरले गरेको अध्ययनमा नियमित अभ्यास गर्ने ५० र ६० को दशकका मानिसहरु अभ्यास नगर्नेभन्दा ८ वर्षभित्र मर्ने सम्भावना ३५ प्रतिशतले कम हुने देखिएको थियो ।

४। मुड राम्रो बनाउँछ – दैनिक हिड्नाले मुड पनि राम्रो हुन्छ । हिड्दा इन्डोर्फिन नामक प्राकृतिक तत्व निस्कन्छ, जसले दुखाईलाई कम गर्छ । यसले मुड राम्रो बनाउँछ ।

५। तौल कम गर्छ – ३० मिनेटको हिडाईले २ सय क्यालोरी बर्न गर्न सहयोग गर्छ । यसबाट तौल कम हुन मद्धत गर्छ ।

६।मांसपेशी मजबूत बनाउँछ – हिडाईले खुट्टा, पेट तथा पाखुराको मांसपेशीलाई मजबुत बनाउँछ र आर्थराइटिस दुखाई कम गर्न मद्धत गर्छ।

७। राम्रो निद्रा पर्छ – ५० देखि ७५ वर्षका महिलाहरुले दैनिक बिहान १ घण्टा हिड्नाले अनिद्राको समस्याबाट छुट्कारा पाएको हचिन्सन क्यान्सर रिसर्च सेन्टर सियाटलको एक अध्ययनले देखाएको छ ।

८। जोर्नीलाई फाइदा पुग्छ – जब मानिसको शरीरमा चाल पैदा हुन्छ, जोर्नीहरुले मासीबाट पोषण प्राप्त गर्छन् र त्यस क्षेत्रले अक्सिजन पाउँछन् । तर नहिड्दा जोर्नीहरुले त्यस्ता मासीप्राप्त गर्न सक्दैनन् र गति कम हुन्छ ।

९। श्वासप्रश्वासमा सुधार ल्याउँछ – हिड्दा श्वासप्रश्वासको गति बढ्छ, जसबाट नसाहरुमा अक्सिजन राम्रोसंग पुग्न पाउँछ जसले विकारहरुलाई हटाउन मद्धत गर्छ र शक्तिमा वृद्धि गर्छ ।

१०। मानसिक क्षयलाई कम गर्छ – ६५ वर्षमाथिका ६ हजार महिलामा गरिएको एक अध्ययनमा नियमित हिड्नेहरुमा उमेरसंग सम्बन्धित स्मरण क्षमता कम हुने समस्या कम भएको पाइएको थियो । दैनिक २।५ माइल हिड्नेमा स्मरण क्षमता १७ प्रतिशतले कम भएको पाइएको थियो भने नहिड्नेमा २५ प्रतिशतले कम भएको पाइएको थियो ।

११। अल्जाइमरको खतरा कम गर्छ – दैनिक १ माइलहिड्ने वृद्धहरुमा अल्जाइमर र डिमेन्सियाको समस्या कम भएको अध्ययनमा पाइएको थियो ।

१२। अपांगताको खतरा कम गर्छ – हिडाईले ६५ वर्षभन्दा माथिका वृद्धहरुमा अपांगता हुने खतरा कम गर्ने अध्ययनमा देखिएको छ ।