---Advertisement---

गायक नविन के भट्टराईको नयाँ गीत म्याग्दीकी टिना राजभण्डारीको अभिनय

On: June 13, 2018 3:33 PM
Follow Us:

चर्चित पप गायक नविन के भट्टराईको नयाँ गीतमा म्याग्दीकी टिना राजभण्डारी ‘बानियाँ’ले अभियन गरेकी छन् . भट्टराईले हालै सार्वजनिक गरेको नयाँ गीतमा बेनी नगरपालिका–८ क्याम्पसचोककी राजभण्डारीले अभियन गरेकी हुन्। करिव साढे दुईदशक अगाडी देखी सांगितिक क्षेत्रमा रहेका गायक भट्टराईले लामो समयपछि ‘मेरो नाममा’ बोलको गीत लिएर आएका हुन्।

गीतका शब्द नरेश देव पन्तका हुन्। गीतको संगीत संयोजन इमानविक्रम शाहले गरेका छन् । नविनको गीतको म्युजिक भिडियोमा नव कलाकार राजभण्डारी, सञ्जय भट्टराईले अभिनय गरेका छन्। ‘यो मेरो लाई राम्रो अवसर हो,’पहिलो प्रयास हो,‘म्यूजिक भिडियो सार्वजनिक भएपछि बधाई आइरहेको छ’ राजभण्डारीले भनिन् ।

म्यूजिक भिडियोका लागि श्रीमान एवम् म्याग्दीका गायक समेत रहेका मिलन बानियाँको समेत सहयोगले सहज भएको उनको भनाई छ । क्याम्पसचोकमा एलजी कम्पनीकोे डिलर तथा इलोक्टोसिन ब्यवसायी समेत हुन् । पहिलो प्रयास भएकाले भविस्यमा पनि अवसर आएमा अभियन गर्न सकिने राजभण्डारीले बेनीअनलाइनसंग भनिन् । म्युजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन्। भिडियोको निर्देशन स्वयम् गायक भट्टराईले गरेका छन्।