धौलागिरी गाउँपालिका ६ मराङका विष्णु जुग्जालीले सालैजो गीत बजारमा ल्याएका छन् । जीवन परियार र विष्णु जुग्जालीको स्वर, लय÷शब्द जीवन परियार, सुमन थापाको निर्देशनमा म्यूजिम भिडियो सहित बजारमा आएको छ । गीतको एरेन्ज जुजु गुरूङ रहेको छ । गीतमा जुग्जालीले निर आलेसंग अभियन गरेका छन् ।

‘पहिलो प्रस्तुती हो,‘प्रदेशमा नेपालीकी अवस्थाका बारेमा सालैजौमा समेट्ने प्रयास गरेको छु’जुग्जालीले बेनीअनलाइनलाई भने । उनले गीत र भिडियोका बारेमा सुझावसल्लाह दिन समेत अनुरोध गरे । प्रदेशमा रहेका नेपालीले गीतलाई मन पराउने उनको विश्वास छ । म्याग्दीको मौलिक सालैजोको संरक्षण तथा भविस्यमा थप गीत लिएर आउने जुग्जालीले बताए । गम गर्बुजा मगर