क्यान्सर भन्नाले शरीरको कुनै पनिअंगमाकोषिकाहरुको असमान्य , अनिश्चित र असीमित रुपले बृद्धि हुनु भन्ने बुझिन्छ । शरीरको कुनै पनिभागवाअंगमाहुन सक्छ । मुखभित्रहुने यस्तो अवस्थालाई मुखको क्यान्सर भनिन्छ । क्यान्सर कुनै पनिउमेरकाव्यक्तिहरुमाहुन सक्ने भएतापनियसको जोखिम बढ्दो उमेर संगै बढ्दै जाने हुन्छ । मुखको क्यान्सरएसियामैअन्यक्यान्सरहरु मध्ये छैठौं स्थानमा पर्दछ ।क्यान्सर सरुवा रोग होइन तर सुरुको अवस्थामाउपचार गराउन सके यो रोग निको हुन्छ ।

मुखको क्यान्सरहुने जोखिमतत्वहरु
ड्ड सुर्तिजन्यपदार्थको सेवनगर्नु
ड्ड मादकपदार्थको अत्याधिक सेवनगर्नु
ड्ड वंशाणुगत
ड्ड सुर्यको बिकिरणहरु लगातार ओठ , मुखमा परिरहनु
ड्ड मुखभित्रलगाइने नक्कलीदाँत ( Complete denture, removable partial denture )तिखा ,धारिला , फुटेका र लगातार घाउ बनाई राख्ने भएमा
ड्ड ह्युमनप्यापिलोमाभाईरस – Human papilloma virus HPV-16)को संक्रमणले

लामो समयसम्म सुर्तिजन्यपदार्थ र मादकपदार्थको सेवन गरी धेरै पैसा खर्च हुने र मुखको क्यान्सर पनिहुने भएकाले यसलाई धेरै खर्च गरेर किनिएको रोग भन्दा फरक नपर्ला ।

मुखको क्यान्सरका लक्षणहरु
शरीरकाविभिन्नअंगमालाग्ने क्यान्सरका लक्षणहरु अंगअनुसार फरक–फरक हुनेभएपनि लक्षणहरु एक अर्कामामिल्दाजुल्दाहुन सक्छन् । मुखको क्यान्सरका लक्ष्णहरु यस्ता रहेकाछन्
ड्ड मुखमा सेतो वा रातो दागवा घाउ देखिनु
ड्ड जिब्रो, गिजा, ओठ , गालाको भित्रीभागमा घाउ , गिर्खा देखीनु
ड्ड सामान्य घाउबाट सुरुभई सामान्यउपचारहरुबाट निको नहुनु
ड्ड लामो समय सम्म घाउ निको नहुनु र बिस्तारै फैलदैजानु
ड्ड घाँटीमा अप्ठयारो हुनु, दुख्नु, खानानिल्नगाह्रो हुनु , साँस गन्हाउनु
ड्ड खानाचपाउनगाह्रो हुनु, बोल्न, मुखको चिउँडो (हड्डी) हल्लाउनगाह्रो हुनु
ड्ड मुखभित्रकानसाहरुमा समस्याभई, मुखको भाग लाटो हुनु

मुखको क्यान्सरभइ सकेपछि आत्तिनु पर्दैन । यसको अवस्थाअनुसार बिभिन्नउपचार बिधिहरु रहेकाछन् ।सर्जरी, रेडियोथेरापी र किमोथेरापी जस्ता उपचार बिधिहरु बाट यस रोगको उपचार गर्न सकिन्छ । सुरुवातकै अवस्थामापत्तालगाउनसके सफलउपचार गरी सामान्यअवस्थामाफर्कन सकिन्छ । उपचारको क्रममामुख र यस वरपरकाअंगहरु निकाल्नुपर्ने भएमाम्याग्जीलो फेसियलप्रोस्थेसीसले गुमेकादाँत, हड्डी, अनुहारकाअंगहरुको पुननिर्माण गरी त्यस्ताअंगको काम सुचारु गर्न सकिन्छ जस्ले गर्दा बिरामीलाई आफ्नो सामान्यजिवनशैलीमाफर्कन सजिलो हुन्छ ।

मुखको क्यान्सरबाट बच्ने उपायहरु
ड्ड सुर्तिजन्यपदार्थको सेवननगर्ने
ड्ड मादकपदार्थको सेवननगर्ने
ड्ड स्वस्थ र पोसिलो खानाखाने (फलफुल र हरियो सागसब्जीप्रशस्तमात्रामाखाने )
ड्ड आफ्नो मुख र कृत्रिमदाँतहरु सफा राख्ने
ड्ड Human papilloma virus (HPV) को खोप लगाउने
ड्ड नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने

करिब ३ करोड जनसंख्याभएको नेपालमा बर्सेनी ५०,००० देखी७०,००० नयाँक्यान्सर रोगीहुने देखिएको छ । कुल मृत्यु संख्याको ४२ प्रतिशतनसर्ने रोगबाट हुने गरेकोमा७प्रतिशतक्यान्सरबाट हुने गरेको छ । National Cancer Registry Of Nepal ले ७ ठुला अस्पतालबाट लिइएको रेर्कड अनुसार पुरुषमाधेरै फोक्सो, मुख र पेटको क्यान्सर हुने र महिलामा पाठेघर ,स्तन र फोक्सोको क्यान्सर हुने देखाउछ । नेपालमाक्यान्सर हुने प्रमुखकारणहरु मध्ये माधकपदार्थको सेवन, जनचेतनाको कमी, अस्वस्थ जीवन शैली, गरिबीआदि रहेका छन् । धेरै लाई त मुखको पनिक्यान्सर हुन्छ भनेर थाहानै हुँदैन ।नेपाल सरकारले प्रत्येक गरिव पिछडिएका क्यान्सर पिडितको उपचार खर्च स्वरुप रु. १,००,००० (एक लाख रुपैयाँमात्र ) बेहोर्ने गरेको भएतापनि सम्पन्नशालीहरुले पनि गरीव पिछडिएको प्रमाण बनाई यसको सुविधालिएको तीतो सत्य हामीमाअवगतनै छ ।

दाँत तथा मुखको कुनै पनि रोग छ कि छैन भनेर सुरुवातअवस्थामै थाहापाउनसके यसको महङ्गो उपचार खर्चबाट बच्न सकिन्छ । प्रत्येक ६÷६ महिनामाकम्तिमा १ पटक आफ्नो दाँततथामुखको स्वास्थ्य नेपाल मेडिकल काउनसीलबाट सम्बन्धनप्राप्तदन्त रोग बिषेशज्ञ डाक्टरबाट परीक्षण गराउँ र आफ्नो साना सानाबाबुनानीलाई पनिउनीहरुको पहिलो जन्मदिनवा १ बर्ष हुँदा देखिन नै दाँततथामुखको स्वास्थ्य परीक्षण गर्ने गराउँ । दाँततथामुखको उपचार आफैमामहङ्गो होइन तर हाम्रो आफ्नै हेलचकराई र लापरबाहीले गर्दा समयमै उपचार नगर्दामहङ्गो खर्च बेहोर्नु पर्ने हुन्छ ।

डा.विवेक सुनार
डेन्टल सर्जन
म्याग्दीजिल्ला अस्पताल