तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। सब्जीको रूपमा प्रयोगगरिने करेला लहरामा फल्ने फल हो। करेलामा रहेको (Momordicin) नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ।

आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ। विशेषगरी- उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ।

पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्‍याउँछ। रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ। त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ।

तिताे करेला  कतिपयकाे लागि राम्राे चिज हाे तर कतिपय बिरामीका लागि विष सरह हुन्छ । गर्भवती महिलाले  भुलेर पनि नखानुहाेस् यसले गर्भ तुहिने सम्भावना हुन्छ । यसले गर्भवती महिलाकाे स्वास्थ्यमा असर पुर्याउछ । फर्टिलिटिकाे अाैषधि सेवन गरिरहनुभएकाे छ भने करेलाकाे प्रयाेगले फर्टिलिटि सम्बन्धि अाैषधिकाे प्रयाेलाइ कम गर्छ र राेगकाे माधा बढ्दै जान्छ ।

यदि तपाइमा पायल्सकाे समस्या छ भने तिते करेला नखानुहाेस् किनकि यसले पायल्सकाे समस्यालाइ थप बल्झाउन मदत गर्छ । सल्यक्रिया गरेपछि पनि तिते करेलाकाे प्रयाेग गर्नु हुँदैन् यस्ताे अवस्थामा करेलाकाे प्रयाेगले रगतमा सुगरकाे मात्रालार्इ प्रभावित पार्छ र सल्यक्रिया भएकाे २ हप्ता पछि मात्र करेला प्रयाेग गर्न चिकित्सकले सल्लाह दिएका छन् ।

कलेजाे समस्या भएकाहरूले पनि तिते करेलाकाे प्रयाेग गर्नुहुँदैन । यसकाे अत्याधिक प्रयाेगले कलेजाेमा इन्जाइम्स बढ्न थाल्छ जसले इन्फेक्सनकाे समस्या बढाउँछ । महिनावारीकाे समस्या छ भने बढी करेला खाने बानी अाजैबाट छाेड्नुहाेस् । याे समयमा अत्याधिक रक्तस्राव हुनसक्छ त्यसैले याे समयमा करेला सेवनबाट टाढा बस्नु नै बेस हुन्छ ।