वर्षायामकाे सुरूवातसंगै पेट र छालासँग सम्बन्धित समस्या जोडिएका हुन्छन् । यस मौससमा संक्रमणको पनि खतरा बढेर जान्छ । त्यसैले खानपानमा पनि निकै ध्यान दिनु पर्छ ।

उमालेको पानी पिउनुहोस्: बर्षायाममा संक्रमणको पहिलो कारण पानी हो । त्यसैले पानी उमालेर पिउने गर्नुपर्छ । पानीको माध्यमबाट धेरै खाले किटाणु र जिवाणु शरीरको पहुँचमा पुग्न सक्छन् । त्यसैले पानीमा पनि विशेष ध्यान दिनुहोस् ।

मसलाको प्रयोग कम: समान्यतया मसलाको बढी प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारिक भनिन्छ । तर, हाम्रो भान्सामा उपलब्ध धेरैजसो मसलामा यस्ता चीज उपलब्ध छन्, जसले तपाईलाई गम्भिर रोगका साथै संक्रमणबाट पनि बचाउँछ । तपाई आफ्नो खानामा दैनिक लसुन, अदुवा, प्याज, हिंग, जिरा, ज्वानो, धनिया, बेसार, कालो तथा हरियो मरिच सहभागी गराउनुहोस् । यी सबै चीजमा एन्टि–ब्याक्टेरियल, एन्टि–फंगल, एन्टि–पेन र एन्टि–इन्फेमेन्ट्री गुण हुन्छ ।

दाल तथा गेडागुडीको प्रयोग: यस मौसममा दाल तथा गेडागुडीको धेरै सेवन गर्नुपर्छ । बर्षाको मौसममा फलफुल तथा सागसब्जीबाट संक्रमणको सम्भावना बढी हुन्छ । सागसब्जी तथा फलफुलको प्रयोग गर्दा राम्ररी केलाएर सफा गरेर मात्रै गर्नुपर्छि । त्यसैले प्रशस्त मात्रामा दाल तथा गेडागुडीलाई सब्जीको प्रयोग गर्नुहोस् ।

तरल पदार्थको प्रसस्त सेवन: बर्षाको मौसममा प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ । दिनमा कम्तिमा ४देखि ५ लिटरसम्म पानी पिउनु पर्छ । पानीले शरीरमा रहेको हानिकारक तत्वलाई बाहिर निकाल्छ र शरीरलाई डिहाइड्रेट राख्छ । यसबाहेक तातो सुप, जुस तथा दुधको सेवन गर्नुपर्छ ।

मांशहारी खाना कम खाने: मनसुनमा मांसहारी भोजन कम गर्नुपर्छ । यदि मासु खान मन लागेमा ताजा मासुको प्रयोग गर्नुहोस् । बजारमा पाइने मासुजन्य खाद्यपदार्थबाट टाढै रहनुहोस्, जसले पेटसम्बन्धि रोगको खतरा बढाउछ ।