नेपालको पहाडी या समथर भूभागमा यसको प्रशस्त खेती गरिन्छ। यो नेपालको मूख्य तेलहन बाली हो। यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन पनि प्रयोग गरिन्छ। तोरीको दानाबाट तेल निकालिन्छ। तोरीको तेलको धेरै फाइदाहरु छन् । राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

साधारण चिलाउने रोगमा १ डाडु तोरीको तेलमा १ चम्चा जीरा र आधा चम्चा सिंदुर हालेर डडाउने र सो तेल लगाउने गरेमा यस्तो रोग ठीक हुन्छ । तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व हुने अनुसन्धानहरुबाट पत्ता लगाएका छन् । यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ ।यसले एलडीएल खराब कोलेस्टेरोल घटाई र एचडिएल असल कोलस्टेरोल बढाउँछ । यसबाट मुटु रोगको खतरा कम हुन्छ ।