तरकारी हाम्रो दैनिक जीवनमा अति आवश्यक हुन्छ भन्ने त सबैलाइ थाहा नै छ । तर कुन मौसम कस्तो खालको तरकारी खाने भन्ने कुरा सवैलाई थाहा नहुन पनि सक्छ । तरकारी भिटामिन, मिनरल्स र शरीरका लागि आवश्यक पौष्टिक तत्वको प्राकृतिक स्रोत हो । तर, केही तरकारी यस्ता हुन्छन् जसले शरीरको तापक्रम बढाउने काम गर्छन् । विशेषगरी, कार्बोहाइड्रेट र प्रोटिन बढी भएको तरकारीमा त्यस्ता त्यस्तो गुण हुन्छ ।

गर्मी मौसममा शरीरको तापक्रम बढाउने तरकारीको प्रयोग गर्नु फाइदाजनक हुँदैन । यस्ता तरकारीले हर्मोनल इन्ब्यालेन्स, धब्बालगायत छालासम्बन्धी कैयौँ समस्या निम्त्याउने गर्छ । अदुवा, खुर्सानी, प्याज, र लसुन जस्ता तरकारी गर्मी मौसममा खाँदा अस्वस्थ भइन्छ ।

अदुवा : अदुवामा मानव शरीरलाई गर्मी बनाउने प्राकृतिक गुण हुन्छ । अदुवामा पाइने स्पाइसी फ्लेवरका कारण प्रयोगकर्ताको तापमान बढ्ने गर्छ । त्यसैले गर्मी मौसममा अदुवाबाट बच्न जरुरी हुन्छ ।

खुर्सानी :खुर्सानीले शरीरको सर्कुलेटरी सिस्टमलाई उत्तेजित बनाउँछ । यही कारण शरीरको तापक्रम बढ्न जान्छ । खुर्सानीका प्रजातिमा त मुखको छालालाई नै समस्या पार्ने तत्व हुन्छ । त्यसैले यसको सेवनमा सावधानी अपनाउन जरुरी हुन्छ ।

प्याजः गर्मी मौसममा प्याजको प्रयोग हानिकारक साबित हुन सक्छ । किनकि, यसमा पनि गर्मी बढाउने तत्व हुन्छ । यसले यति धेरै गर्मी बढाउँछ कि काटेको प्याजलाई काखीमा च्यापेर राख्दा ज्वरो नै आउँछ । यदि तपाईंमा गर्मीको समस्या छ भने प्याजबाट बच्न जरुरी छ ।

लसुनः लसुनले पनि खानालाई स्वादिष्ट बनाउने काम गर्छ । यसले फरक स्वाद दिन सहयोग पु(याउँछ । लसुनमा औषधीय गुणसमेत हुन्छ । तर, यसमा पनि शरीरमा गर्मी बढाउने गुण हुन्छ । गर्मी मौसममा यसको प्रयोगले हर्मोनल इनब्यालेन्स हुने खतरा हुन्छ ।