गर्मी छल्न धेरै व्यक्तिहरु स्विमिङ पुल पौडी खेल्न जाने गर्छन तर नेपालका धेरै स्विमिङ पुलहरुमा सरुवा रोगको उच्च जोखिम भएको पाइएको छ । स्विमिङ पुलमा भएको पानीले झाडापखाला र टाइफाइड जस्ता सरुवा रोग लाग्ने खतरा भएको विज्ञहरुको भनाइ छ ।

त्यसो नेपालका अधिकांश स्विमिङ पुल अन्तराष्ट्रिय मान्यताविपरीत सञ्चालन भइरहेको पाइएको छ । स्विमिङले मानिसलाई स्वस्थ्य राख्छ र स्विमिङ एक प्रकारको शारीरिक र मानसिक रुपमै स्वास्थ्य रहने उपयुक्त शारीरिक ब्यायाम नै हो तर नेपालका स्विमिङ पुलहरु मापदण्ड बिपरित हुँदा झन् अस्वस्थ बन्ने जोखिम बढेको छ ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार स्विमिङ पुलले समय समयमा पानी फेर्नुपर्छ । स्विमिङ पुलमा पौडी खेल्नुअघि नुहाउनका लागि छुट्टै स्थान चाहिन्छ । पौडनका लागि छुट्टै कपडा अनिवार्य चाहिन्छ । तर, यहाँका अधिकांश स्विमिङ पुलले यसलाई वेवास्था गरेको पाइएको छ । चिकित्सकहरुका अनुसार राजधानीमा सञ्चालित स्विमिङ पुलले थुप्रै अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गरेकाले सरुवा रोगको उच्च संक्रमण देखिन्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार स्वीमिङ पुलको पानीमा मिसाइएको क्लोरिन खतरनाक बन्नसक्छ । पानीमा क्लोरिनको मात्रा बढी भए श्वाससम्बन्धि समस्या उत्पन्न हुनसक्छ । यसका अतिरिक्त केश तथा छालासम्बन्धी समस्या पनि देखापर्न सक्छ ।