हाम्रो शरीरको महत्वपूर्ण अगंहरुमध्ये किड्नी प्रमुख अंग हो । साथै आफ्नो शरीरलाई स्वस्थ राख्न सबै अंगले उत्तिकै महत्वपूर्ण भूमिका निभाइरहेका हुन्छन् ।अनावश्यक विषादी लगायतका हानिकारका चिजलाई किड्नीले शरीरबाट फालिदिन्छ । किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । कहिलेकाही किड्नीमा चोट लागेर पनि किड्नी फेल हुन्छ ।

हाम्रो किड्नी फेल हुनका यस्ता छन् सामान्य कारणहरुः

बढी नुन
हामीले प्राय पकाएर खानेकुरा जस्तै, तरकारी, दाल, अचार लगाएतमा नुनको सेवर बढी गर्छौं । यसरी नियमित रुपमा नुनिला खानेकुरा खाँदा रगतमा इलेक्ट्रोलाईटको सन्तुलनलाई नियन्त्रण गर्न किड्नीले धेरै काम गर्नुपर्ने हुन्छ ।

आफ्नो पिसाब रोक्नु

पिसाब जम्मा हुदाँ किड्नीमा व्याक्टेरिया जम्मा हुन्छ, यसले किड्नीमा संक्रमण गर्छ र बिस्तारै किड्नी बिग्रदै जान्छ । काममा व्यस्त हुदाँ वा भनेको बेला शौचालय नपाउदा वा गाडीमा यात्रा गर्दा धेरै मानिसले पिसाब रोक्ने गर्छन् । तर यसो गर्नाले किडनीलाई नराम्रो हानी गर्छ ।

पानीको कमी 
पानी कम हुँदा शरिरमा डिहाईड्रेसन हुन्छ । डिहाईड्रेसनले किड्नी स्टेन र किड्नीलाई ड्यामेज गराउँछ ।
एउटा बयस्कले कम्तिमा पनि दिनमा पाँच लिटर पानी पिउनुपर्छ । बालबालिका र युवायुवतीदेखि बृद्धबद्धाले प्रर्याप्त पानी पिउनुपर्छ ।

प्रोटिनको मात्रा बढी हुँदा
शरिरमा अत्यधिक मात्रामा प्रोटिन भयो भने पनि किड्नी फेल हुन्छ ।

पेनकिलरको प्रयोग
नियमित रुपमा पेनकिलर खाँदा किड्नीमा रगतको प्रबाहलाई सिमित गरिदिन्छ र किड्नीमा दिर्घकालिन असर गर्छ ।

अत्यधिक मदिरा

अत्यधिक मात्रमा मदिरा पिउदा रक्त प्रबामा उच्च मात्रामा युरिक एसिड उत्पन्न हुन्छ जसका कारण किड्नीलाई अशर गर्छ र किड्नी फेल हुन्छ । एजेन्सीको सहयोगमा