माछा  स्वस्थवर्द्धक खानेकुरा हो। माछाको मासुमा ओमेगा(३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने अनुसन्धानबाट पत्ता लागिसकेको छ। माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन(डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ।वर्षायाममा माछाको सेवनले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । माछामा अत्यधिक मात्रामा ओमेगा थ्री फ्याटी एसिड हुन्छ । तर पनि वर्षायाममा यसको सेवन निकै हानिकारक हुनसक्छ।

यो मौसम माछा र अन्य समुन्द्री जीवका लागि प्रजननको मौसम हो । अण्डा भएको माछा खाँदा पेटमा संक्रमण र फूड पोइजनिङको खतरा बढ्ने गर्छ । वर्षायाममा पानी प्रदुषणको सम्भावना बढ्ने गर्छ । यस्तोमा माछामाथि फोहोर जम्मा हुन्छ जुन सफा पानीले धुँदासमेत जाँदैन । फोहोर माछा खाँदा टाइफाइड, जन्डिस र झाडापखालाजस्ता रोग लाग्नसक्छ ।माछालाई ब्याक्टेरिया र यिस्टबाट बचाउनका लागि सल्फाटेस र पोलिफोस्पाटेसजस्ता प्रिजर्भेटिभको प्रयोग गरिन्छ । यस्ता माछा खाँदा सास फेर्न समस्या हुनुका साथै हृदयरोग लाग्ने गर्छ ।