बजारमा मौलिका लोक गीतको अभाव खड्किएको बेलामा गीतकार बिल पुर्जा मगरले ठेट् मौलिका भाकाको ‘शिरफुल मायाँ’ बजारमा ल्याएका छन् । साउने संक्रान्तिको अवसरमा मंगलबार साझँ सार्वजनिक भएको गीतले ग्रामिण क्षेत्रमा गाइने मौलिकतालाई स्थान दिएको छ ।

https://youtu.be/C8X1ySBLPCQ

गीतकार एवम् गायक पुर्जाको स्वरमा चर्चित गायिक गिता पाईजा, श्रीषले साथ दिएको गीतले ठेट् मौलिक भाकालाई संरक्षणको प्रयास गरेको गायक पुर्जाले बेनीअनलाइनलाई बताए । ‘लोपउन्मुख मौलिका सालैजो भाकाको संरक्षणको प्रयास गरेको छु,‘यूटुवबाट हेरेर प्रतिक्रिया दिनुहुनु अनुरोध गर्दछु’ पुर्जाले भने ।

उनले गीतमा जिल्लाकै पर्यटकीयस्थल घोरेपानी लगाएतका क्षेत्रलाई समेत जोडेका छन् । उनले आफ्नो गीतले नयाँ पुस्तालाई समेत पुराना भाकाका बारेमा जानकारी गराउने दावी गरे । उनले ग्रामिण क्षेत्रमा मौलिक सालैजो भाकाको लोप हुन थालेपछि आफुँले जर्गेना गर्ने प्रयास गरेको बताउँदै भविस्यमा पनि निरन्तरता दिने बताए । जिल्लाको अन्नपूर्ण गाउँपालिका ७ घार खिवाङ स्थायी घर भई हाल यूकेमा रहेका पुर्जाले यसअगाडी पनि गाउँलाई जोडेर लोकप्रिय गित बजारमा ल्याएका थिए ।

पुष्कर बिबेक थापाको निर्देशन, करण चैसिरको छांयाङ्कन र मनोज कार्कीको सम्पदान रहेको गीतमा लोकप्रिय लोकदोहोरी कलाकार रिना थापा र निर्देशक थापाले अभियन गरेका छन् । हिम सम्झौता डिजिटलले दृष्य निर्माण गरेका गीतको निर्माता समेत पुर्जा रहेका छन् । यूकेमा रहेको धौलागिरी नौमति बाजा समुहका अध्यक्ष समेत रहेका पुर्जाले मौलिक गीतसंगित संगै धामीझार्की सम्बन्धि किताव समेत सार्वजनिक गरेका छन् । गीतमा गाउँले मेलापर्वमा गाइने गीतको झल्को दिने गरी तयार गरिएकाले पनि चर्चा कमाउने निर्देशक थापाको भनाई छ ।