नेपाली संगीत क्षेत्रमा एकपछि अर्को हिट गीत ल्याएर चर्चामा रहेका गीतकार तथा संगीतकार दीपक शर्माले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। शर्माले हालै सार्वजनिक गरेको गीत ‘छैनन् पियारी’को लिरिकल भिडियो सार्वजनिक गरेका हुन्।

गीतमा विभिन्न कारणले आफ्नो देश छोडेर विदेशमा बसेर घरमा फर्किदा परिवारको सदस्य गुमाउनु पर्दाको पीडालाई जीवन देखाएका छन्। उनले विशेषगरी विदेशबाट फर्किदा आफ्नो श्रीमानले श्रीमती तथा श्रीमतीले श्रीमान् गुमाउनु पर्दाको पीडालाई नजिकबाट देखाएका छन्। आफ्नो देश छोडेर धन कमाउने सुन्दर सपना देख्दै प्रवासमा संघर्ष र त्यो सघर्षपछि खुशी साट्न घर आइपुग्दा परिवारलाई गुमाउनु पर्दाको पीडालाई शर्माले गीतमा उतारेका हुन्।

शर्माकै शब्द र स्वरमा सजिएको गीतको एरेन्जमा उदयराज पौडेलले मिहेनत गरेका छन्।  गीतको सम्पादन अशोक मल्लले गरेका हुन्। शर्माका पर्खपर्ख मायालु, तिम्रो पिक्चर हिट, देखन चम्पालगायतका  गीत चर्चित छन्। annapurnapost.com