म्याग्दीका धनबीर पुनको ‘न्यानो न्याने मायाँ’ सार्वजनिक भएको छ । आफ्नो स्वर्गीय आमाको सम्झनामा अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पुनले बजारमा ल्याएको गीतमा हरि लम्साल र मेलिना राईको स्वर रहेको छ । ‘आमाको सम्झनामा दोस्रो एल्बम बजारमा ल्याएको छु,‘यसमा धेरै गीत आमाप्रति सर्मपित हुनेछन’ पुनले भने ।

यसअगाडी लोकप्रिय गीतहरु बजारमा ल्याएका पुनले मौलिक तथा आधुनिक गीतबाट श्रोताको मन जित्ने प्रयास गरेको बताए । विर्टिस आर्मीबाट रिटायर्ड भएपछि हाल नेदरल्याण्डमा रहेका पुनले राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत समेत सार्वजनिक गरेका थिए । उनले आधुनिक, लोक गायनमा रचना गरेका गीतहरु चर्चित गायकगायिकाले स्वर दिएका छन्।