नेपाली कांग्रेस म्याग्दीका संस्थापक स्वर्गीय गजबहादुर कार्कीको १३ औ दिनको पुन्यतिथि पारेर श्रद्धान्जली सभा गरिएको छ । कार्कीको घरमा आयोजित श्रद्धान्जली सभामा पन्चायत विरोधी आन्दोलन, माओवादीको शसस्त्र यूद्धमा कांग्रेसका कार्यकर्तालाई गाउँमा सुरक्षित राख्न कार्कीले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो ।

गाउँका अगुवा समाजसेवी समेत रहेका कार्कीले बहुदलीय ब्यवस्था सहितको राजनीतिक अधिकार प्राप्तीको आन्दोलनमा पार्टीको तर्फबाट विभिन्न स्थानमा पुगेर समेत आन्दोलनका कार्यक्रममा सहभागि तथा नेतृत्व गरेका थिए ।  पार्टीका जिल्ला उपसभापतिको माधवप्रसाद रेग्मीको प्रमुख आथित्यतामा सभा भएको थियो । ‘उहाँको निधनले पार्टीलाई अपूरणीय क्षती पुगेको छ,‘उहाँको योगदानको उच्च मुल्याङ्कन गदैं अगाडी बढ्नेछौ’ उपसभापतिको माधवप्रसाद रेग्मीले भने ।

बेनपा २ ज्यामरुककोटले गरेको सभामा पूर्व सहसभापति नेत्र बहादुर महत, सचिव क्याप्टेन मीन बहादुर कार्की, सहसचिव भरत बहादुर रकाल, प्रबक्ता अजयमिलन श्रेष्ठ लगाएतले शोक मन्तब्य राखेका थिए । कार्यक्रमको सभापति क्षेत्र बहादुर थापा, स्वागत रत्न बम मल्ल र सञ्चालन भिम प्रसाद पौडेलले गरेका थिए । गत असार ३२ गते निधन भएका कार्की ज्यामरुककोटको विकास निर्माण, सामाजिक लगाएत धार्मिक क्षेत्रको विकामा समेत सक्रिय थिए ।