नेपाली हिन्दु महिलाहरुको चार्ड तीज नजिकिएसगैँ गायक रोशन कुताल क्षेत्रीले दिदी र बहिनी तीजैमा भेला म्युजिक भिडियो सार्वजनिक गरेको छ । लमजुङ घर भएका गायक रोशनले उनीहरुलाई लक्षित गर्दै साउने संक्रान्तिका दिन मंगलबार साझ रक्षा म्युजिक प्रालि युटुब मार्फत् सो म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

रोशनले रक्षा म्युजिक गौरवमय प्रस्तुतीमा मौलिक तीज गीत दिदी र बहिनी तीजैमा भेला भनेपछि दर्शक तथा स्रोताहरुको मन जित्ने लल्यमा रहेको छ । नेपाली हिन्दु महिला तथा नारीहरुको ठुलो पर्व समेत भएकाले यस तीज पर्वलाई उनीहरुले महत्वपुर्ण रुपमा मनाउँने गर्दछ । परम्परादेखि चलिआएको चलन अनुसार तीजमामाईतबाट दिदीलाई लिनलाई भाई उनको घरमा पुग्छन् ।

तर दिदीका सासु ससुराले विभिन्न कारण देखाउँदै बुहारीलाई माईत जान दिदैनन् । बल्ल बल्ल बर्ष दिनमा आएको तीज पर्वमा समेत माईतीघर जान नपाउँदा एउटी महिलाको मन कस्तो हुँदो हो ? त्यही माथी पनि भाई लिनलाई घरमै आएको छ । माईतीघरमा गएर सुख दःुखको कुराहरु गर्ने, आफन्तहरु भेटघाट साथै आफुमा परेको विभिन्न घटनाको बारेमा गीत गाउँदै नाचगान गरी बर्षदिनको दुःखलाई भुल्दै तीज मनाउँछु भन्ने सोचेका हुन्छन् । अन्तमा दिदीले भाईलाई तीजको दिनसम्म आउँछु भन्दै घर फर्काउन बाध्य हुन्छन् । यस्तै यस्तै यथार्थ समाजमा हुने गरेका घटनालाई समावेश गरेको यस म्युजिक भिडियोमा देख्न पाईन्छ ।

अहिले पनि हाम्रो नेपाली समाजमा यस्ता थुप्रै घटनाहरु हुने गर्नाले महिला दिदी बहिनीहरु यस्तै पिडा बाट टाढा रहन सकेको छैनन् । हराउँदै गएको मौलिक तीज गीत भएकाले तीज पर्वलाई थप रोचक बनाउँका लागि मदत पुग्ने देखिन्छ । तीज गीत भनेको मौलिक हुनुपर्छ तर यहिले तीजको गीतहरु भन्दै रतौली र छाडाखालका गीतहरु आईरहेको बेला हामीले मौलिक तीज गीत ल्याएकाले महिला तथा नारीहरुको मन छुने गायक रोशनले बताए ।

दिदी र बहिनी तीजैमा गीतमा रोशनलाई लमजुङ घर भएकी चर्चित गायिका शान्ति सुनारले साथ दिएकी छन् । यस गीतको लय तथा शब्द समेत गायक रोशनकै रहेको छ । हेमन्त शिशीरको एरेन्जर रहेको यस गीतलाई उनले नै मिक्सिङ गरेका छन् । सम्पादन रबिन बिकले गरेका छन्, भने निर्देशन शिब बिकले गरेको छ । क्यामेरा म्यान शम्भु चालिस हुन् । यस म्युजिक भिडियोमा कलाकारहरु केशब सापकोटा, दिपसा बिसी, रबिना भण्डारी, सुस्मा सिंह, प्राप्ती पौडेल र संचिता शाही रहेका छन् ।