जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकलाई लायन्स क्लव अफ बेनी पिस सिटीले भोजन गराएको छ । सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा बृद्धबृद्धालाई क्लवद्धारा गलेश्वर अन्न क्षेत्रमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एओजी एनजेएफ लायन सन्तोष रावलले विश्वकै ठुलो सामाजिक संस्थामा आवद्ध भएर सामाजिक कार्यलाई प्रमुख लक्ष्य बनाएर अगाडी बढ्नुपर्ने बताए ।

उनले घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर लायन्सले विगतमा समेत सहयोग गरेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताए । कार्यक्रममा क्लवका निर्वतमान अध्यक्ष राजेश शाक्यले बृद्धबृद्धाको सेवा मानवसेवाको नमुना कार्य भएको बताए। कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुली र कोषाध्यक्ष बम बहादुर पुनले साउन महिनाको सोमबार बृद्धबृद्धालाई खिरको भोजन गराउने गरिएको बताए ।

आश्रममा रहेका बृद्धबृद्धासंगै मन्दिरको दर्शन गर्न आएका भक्तजनलाई समेत आवश्यक परेमा निशुल्क भोजनको सुविधा रहेको बताउँदै सामाजिक संघसंस्थाबाट प्राप्त सहयोगले सहज भएको बताएका थिए । आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करिव ७५ बृद्धबृद्धाको बसोबास रहेको छ । घरपरिवारमा छोराछोरी भएका बृद्धबृद्धालाई समेत बोझ भन्दै आश्रममा छोडेर गएको बृद्धबृद्धाले गुनासो पोख्ने गरेका छन् ।

कार्यक्रममा क्लवका बर्ष २०१८÷१९का अध्यक्ष लोकेश पुन मगरले भोजनका लागि २२ हजार आर्थिक सहयोग गरिएको बताए । उनका अनु्सार क्लवले निवन्ध प्रतियोगिता, अपाङ्गता भएकालाई हिब्लचियर वितरण, आखाँ चेकजाँच शिविर, मधुमेहका बिरामीलाई लक्षित गरी शिविर, क्यान्सर रोगका बारेमा जनचेतनामुलक कार्यक्रम,बृक्षारोपण, डस्बिन वितरण, रक्तदान, छात्रबृत्ती वितरण कार्यक्रम गर्ने बताए । नवनिर्वाचत अध्यक्ष पुनले आर्थिक अभावकै कारण शिक्षादिक्षाबाट बन्चित भएका मालिका गाउँपालिका ५ देविस्थानका मनोज सुनवारलाई नगद २५ हजार सहयोगको घोषणा गरेका थिए ।