स्याउ स्वास्थ्यको लागि एकदम गुणकारी फल हाे । स्याउमा शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वहरू रहेका हुन्छन्।

भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्व स्याउमा पाईन्छ। जसले डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ ।

दाँत मजबुत :

ब्रस गर्दा पनि दाँत चम्किलो हुँदैन भने दैनिक स्याउ मजाले चपाएर खादा दाँतमा चमक आउने छ ।

एनिमियाको बिरामीलाई फाईदा:

एनिमिया रोगको कारण शरिरमा रगतको मात्रा कमी भएर आउँछ र हेमोग्लोविनको मात्रा घट्छ । त्यसको लागि स्याउ खानु अति उत्तम हुन्छ । स्याउमा भएको आइरनले रगतको मात्रा बढाउन सहयोग गर्छ । यस्ता रोगीले दैनिक स्याउ सेवन गर्नु अति उत्तम हुन्छ ।

क्यान्सरको खतरा मुक्त :

नियमित सेवन गर्दा पेट तथा स्तनको क्यान्सर हुनबाट बचाउँछ । स्याउले मानिसको शरिरमा रोगसंग लड्ने कोशिकामा तागत प्रदान गर्छ ।

कोलेस्ट्रोल कम :

स्याउमा पाईने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गराउँछ । यसका साथै नियमित स्याउ खाने हो भने डायविटिज हुने सम्भावना पनि २८ प्रतिशतले कमी भएर आउने छ । स्याउको सेवनले शरिरमा ग्लुकोजको मात्रा कमी हुन दिँदैन र इन्सुलिन लिनुपर्ने आवस्यकता पर्दैन ।

तौल सन्तुलित :

शरिरको तौल हरदम फिट राख्न चाहनुहुन्छ भने नियमित स्याउ सेवन गर्नुहोस् । स्याउ नियमित सेवन गर्दा तपाईको पाचन प्रणालीलाई सही राख्छ । यसका साथै शरिरको इम्युन सिस्टमलाई पनि राम्रो राख्छ ।

पत्थरी कव्जीयतबाट बचाउँछ:

नियमित स्याउ खानाले पत्थरी हुन सक्दैन । त्यसैगरी नियमित स्याउको सेवनले कब्जीयतको समस्या पनि आउँदैन ।

सुन्दर बनाउँछ:

नियमित सेवनले अनुहारमा भएका कालो धव्वाह पनि हराएर जान्छ र अनुहार सुन्दर देखिन्छ ।