न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ मा अध्ययन गर्नको लागि आएका नव आगन्तुक विध्यार्थीहरुको लागि अध्ययनका विषय, त्यसको क्षेत्र, महत्व र विद्यालयको नीति नियम शैक्षिक कार्यक्रमा आदिका बारेमा उनीहरुलाई अभिमुखीकरण गरिएको हो ।

ब्यबस्थापन संकायमा कम्प्युटर फाइनान्स र बिजनेस स्टडी ३ वटा छनोटका बिषयहरु भएका कारणले उनीहरुलाई यी तिन वटा बिषयको बिसयबस्तु महत्व, क्षेत्रका बारेमा विषय शिक्षकले प्रस्ट पारेका थिए । श्रावण १४ र १५ गते २ दिन सम्म सञ्चालन भएको कार्यक्रमको पहिलो दिन भाइस प्रिन्सिपल कृष्ण जिसीले “ब्यबस्थापन अध्ययन र यसको महत्व” र विद्यालयका नियम बारेमा प्रस्ट परेका थिए भने सोहि दिन वेष्ट पोइन्ट चौथो ब्याचका विद्यार्थी डा. इशा पुनले आफ्नो अनुभब भोगाई लगाएयत प्रेरक प्रसङ्ग उल्लेख गरेकी थिईन ।

कार्यक्रममा शैक्षिक बिभाग प्रमुख सुदर्शन कुमार श्रेष्ठले वेष्ट पोइन्टबाट अध्ययन गर्ने विद्यार्थी विश्वको जुनसुकै बजारमा पनि बिक्न सक्ने हुनु पर्ने र त्यसको लागि सैदान्तिक र प्रयोगात्मक अभ्यास वेष्ट पोइन्टले गर्दै आइरहेको छ यस वर्ष देखि भौतिक सुधार गर्दै फरक र नयाँ ब्यबस्थापनका साथ् कक्षा ११ –१२ र बिबिएस संचालन हुने बताउनु भयो ।
दोश्रो दिनको कार्यक्रममा शिक्षक गोबिन्द सुबेदी, प्रकाश सुबेदी कृष्ण गिरिले विषयगत र प्रिन्सिपल बिना झाले वेस्ट पोइन्टका शैक्षिक कार्यक्रम लगायत विषयमा अभिमुखीकरण गर्नु भएको थियो । 

दोश्रो दिनमा Student Exposure,  Team Building र Leadershipविकासका सामुहिक खेल समेत संचालन भएको थियो । खेलको सहजीकरण प्रिन्सिपल झा, शिक्षक घनश्याम शर्मा, लाल भारती, गोबिन्द सुबेदी, कृष्ण गिरि, राजेन्द्र नेपाल, प्रकाश सुबेदी लगायतले गर्नु भएको थियो । कार्यक्रम विद्यालयका प्रिन्सिपल बिनाझाको संयोजकत्व शैक्षिक बिभाग प्रमुख सुदर्शन कुमार श्रेष्ठको बिशेष आतिथ्यता र कृष्ण जिसीको संचालनमा सम्पन्न भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ