एप्लाष्टिक एनेमिया पीडित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय रानाको उपचारको लागि म्याग्दी मिडिया सोसाइटीमा आवद्ध रहेका पत्रकारले १० हजार आर्थिक सहयोग गरेका छन् । बुधबार बसेको बैठकमा पत्रकारले आफ्नो ब्यक्तिगत र संस्थागत गरी १० हजार सहयोग गरिएको हो ।

काठमाडौको सिभिल सर्भिस अस्पतालमा उपचाररत रानालाई पत्रकार सन्तोष गौतम २ हजार, कमल खत्री १ हजार, गोपाल छन्त्याल ८ सय, हरिकृष्ण गौतम ७ सय, राकेश शर्मा ६ सय, शुर्दसन कुमार श्रेष्ठ ६ सय, प्रताप बानियाँ ५ सय, निर्मल खत्री ५ सय, धिरन खत्री ५ सय, साधन राम्जाली ५ सय, ठाकुर प्रसाद आचार्य ५ सय र अमित विश्वकर्मा ५ सय र संस्थागत १३ सय गरी १० हजार उपचारमा सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष गोपाल छन्त्यालले बताए । रानाको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ भने अहिले सामान्य काम गर्न सक्ने अवस्थामा पुगेका छन् ।

ए–प्लाष्टिक एनोमिया रोगको उपचार गराईरहेका रानाको उपचारमा नेपाल पत्रकार महासंघ म्याग्दीले समेत साधारण सदस्यबाट प्रति सदस्य १ सयको दरले सहयोग सकंलन तथा संस्थागत सहयोग हस्तान्तरण गर्ने तयारी गरेको छ
रानाको उपचारको लागि हाल सम्म २२ लाख भन्दा धेरै खर्च भइसकेको परिवारले जनाएको छ । एप्लाष्टिक एनेमियाको औषधी अत्यन्त महङ्गो हुने भएकाले सहयोगका लागि अपिल गरिएको छ ।