तपाईले ग्रीन टी को फाइदाहरूको बारेमा थुप्रै जानकारी राख्नु भएकै होला र दिनहुँ यसको सेवन गर्दै आउनु भएको पनि होला ।

हरेक चीजको फाइदा र बेफाइदा दुवै रहेको हुन्छ तर तपाई ग्रीन टी को प्रयोगले पनि नोक्सान हुन्छ भन्ने कुरा थाहा पाएर अचम्म पर्न सक्नुहुन्छ ।

जुन तपाईको स्वास्थ्यको लागि निकै खतरनाक साबित हुनसक्छ । यसमा चिनी मिसाउनु हुँदैन । बरु, मह मिसाएर सेवन गर्न सकिन्छ । ग्रीन टी गर्भवती, न्युन रक्तचाप भएकाहरुले खानु त्यती उपयुक्त हँदैन ।

१.ग्रीन टी मा पाईने ओक्जेलिक एसिड किड्नीमा पत्थरी बन्ने कारण हुनसक्छ ।

२. गर्भावस्था वा शिशुको जन्म पश्चात् ग्रीनको टी को अत्यधिक सेवन स्वास्थ्यलाई हानी पुर्याउँछ । यसको अधिक सेवनले गर्भपातको सम्भावना बढ्न सक्छ । दिनमा दुई कप भन्दा धेरै ग्रीन टी पिउनु गर्भवती महिलाको लागि विभिन्न किसिमले खतरनाक हुनसक्छ ।

३. ग्रीन टी को अधीक सेवनले तपाईको शरीरमा आयरनको कमी हुनसक्छ । विशेषगरी ग्रीन टी मा पाईने टैनिनले खाद्य पदार्थ र पोषक तत्वबाट पाईने आयरनको अवशोषणमा अवरोध उत्पन्न गर्छ ।

४. ग्रीन टी को अधिक सेवन गर्दा तपाईको भोकलाई कम गर्न सक्छ, जसले गर्दा तपाई उचित आहार सेवन गर्नबाट बञ्चित हुनुपर्दछ र शरीरलाई आवश्यक मात्रामा पोषण तत्व प्राप्त हुँदैन । यसकारण तपाईको शरीर कमजोर हुनसक्छ ।

५. समस्या, अनिन्द्रा, उल्टी, पखाला एवम् अन्य स्वास्थ्य समस्याको शिकार हुन सक्नुहुन्छ ।