Diabetic patient doing glucose level blood test using ultra mini glucometer and small drop of blood from finger and test strips isolated on a white background. Device shows 115 mg/dL which is normal

मधुमेह रोगी विश्वव्यापीरुपमा अहिले निकै बढिरहेका छन् । रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई मधुमेह अर्थात चिनीरोग भएको भन्दछौँ । हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङ्क्रियाजले उत्पादन गर्छ । यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसँग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा बढेपछि मधुमेह रोग लागेको भन्छौँ ।

व्यस्त जीवनशैली, खानपानमा व्यवधान तथा शारीरिक गतिविधि कमजस्ता कारणले मधुमेहका रोगी बढेका छन् । लामो समयसम्म भोकै बस्ने र पाएका वेला अत्यधिक खाने बानीले पनि यो रोग धेरैलाई लागिरहेको छ । खासगरी, सहरी क्षेत्रमा बस्ने अल्छी व्यक्तिहरूलाई मधुमेहले सताएको छ ।

के खाने ?

कार्बोहाइड्रेडयुक्त खाना जस्तै स् भात, आलु निकै कम खानुपर्छ । बोसो नभएको मासु खाने तर रातो मासु नखाने । ताजा सागसब्जी बन्दा, काउली, भन्टा, काँक्रो, गोलभेँडा, मुला, गाँजर, प्याज पर्याप्त मात्रामा खाने । ताजा फलफूल खाने । सकेसम्म शाकाहारी भोजन लिने । धेरै रेसादार जस्तो स् गहुँ, मकै, कोदो, फापर आदि खाने ।

के नखाने ?

चिनी र चिल्लो भएका खानेकुरा जस्तै स् चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यू, नौनी, बोसो, तारेको वा भुटेको खाना खानु हुँदैन । चुरोट, बिँडी, सुर्ती, तमाखु, खैनी, जर्दाजस्ता सुर्तीजन्य पदार्थ सेवन नगर्ने । बियर, रक्सीजस्ता अल्कोहलयुक्त पदार्थ सेवन नगर्ने ।

कसरी बच्ने ?

रगतमा सुगर, शारीरिक तौल, रक्तचाप नियमित परीक्षण गर्ने । वर्षको एकपल्ट आँखा जाँच गर्ने । गोडा नियमित ९फुटेको, घाउ, चोटपटक लागेको० जाँच गर्ने । नियमित स्वास्थ्य परीक्षण गर्ने । मधुमेहका बिरामी शारीरिक रूपमा सक्रिय हुनुपर्छ । हरेक दिन कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म हल्का पसिना आउने गरी हिँड्ने बानी बसाल्ने ।