दुवै मृगौलाले काम गर्न नसकेर थलिएका म्याग्दीका एक युवाको उपचारमा सहयोग जुटाउन अभियान सुरु भएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिइ सुरेश छन्त्यालको उपचारमा आर्थिक सहयोग जुटाउन अभियान सुरु गरेको हो । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सुरु गरिएको कोषकाअध्यक्ष राजेश शाक्यले बताए । बेनीको माउन्ट एभरेष्ट आवासिय माविको कक्षा १२ माअध्ययन गर्ने छन्त्यालको दुवै मृगौलाले काम गर्न छाडेको एक महिना अघि पहिचान भएको थियो ।

टिचीङ अस्पतालका डा.कमल लामिछानेको निगरानीमा काठमाडौमा उपचार गराइरहेका छन्त्यालका अभिभावक खेती किसानी गरेर जिविका चलाउदै आएका थिए । छन्त्यालकी आमासिताले सहयोग गरेर छोराको जिवन बचाईदिन अपिल गरिन् । ‘हाम्रो आर्थिक अवस्थाले ठेक्दैन्,‘उपचारमा सहयोगको आवश्यकता छ’ उनले भनिन् । डायलासिस, प्रत्यारोपण र नियमित औषधी सेवनका लागि करिव २५ देखि ३० लाख रुपैया आवश्यक पर्ने परिवारजनको भनाई छ ।े हालसम्म तिन लाख पचास हजार रुपैया खर्च गरिसकेका छन् ।

छन्त्यालको उपचारका लागि कोषले आजिवन सदस्य डकबहादुर रोकाको संयोजकत्वमा सुरेश बचाउ अभियान सञ्चालन भएको हो । तिन वर्षअघि दुवै मृगौलाले कामगर्न छाडेपछि बिरामी परेका रोकाको कोष र कुहुँको युवाकल्वको पहलमाआर्थिक सहयोग जुटाएर मृगौलाप्रत्यारोपण गरिएको थियो ।सुरेशको उपचारका लागि सहयोग संकलन अभियान घोषणा भएकै दिनमंगलबा ३९ लाख ५०० रुपैया संकलनभएको छ । अध्यक्ष शाक्य, संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव लोकश पुन, सदस्य नरेश श्रेष्ठले पाँचहजार रुपैयाका दरले सहयोग गर्नुभएको छ ।

यसैगरी कोषाध्यक्ष खम थापा, सदस्य सन्दिप खत्री, श्यामथापा, पर्वत बेनीका कुमार बरुवाल दुई हजार पाँच सय, श्री लाल चापागाई, हेमन्त थापा र दिलीप बरुवालले दुई, दुई हजार तथा लालकुमार रोकाले एक हजार रुपैया सहयोग गर्नुभएको छ । हाईपोपलास्टीक एनिमिया रोगबाट ज्यानगुमाएकी बेनपा ४ कीओमकुमारी पुन –शान्ति) को स्मृतीमा पाँच वर्षअघि स्थापित कोषले हालसम्म ६४ जना गरिव विपन्नको उपचारमा सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।