महिलामा आयोडिनको कमीको कारण गर्भधारणमा समस्या, बाँझोपन लगाएतका समस्याहरु देखा पर्छन् । साथै नवजात शिशुमा विभिन्न प्रकारका समस्याहरुको पनि खतरा बढ्न सक्छ ।

मानव शरीरको लागि आयोडिन एक माइक्रो न्युट्रिएट्स् हो । जसले थाइराइट हार्मोन उत्पादनको लागि सहयोग गर्छ । आयोडिन डिफिसेन्सी, आयोडिन तत्वको कमी हुनबाट बचाउन हाम्रो खानपानको ध्यान दिनु जरुरी हुन्छ ।
आयोडिनको कमीले हाइपो थाइराइडिज्म हुन्छ ।

इन्दिरा आइविएफ अस्पतालका आइविएफ एक्सपर्ट डा. अरवीन्द वैदले भनेका छन्, ‘महिलाको शरीरमा आयोडिनको कमी र प्रजनन् तन्त्रको कार्यप्रणलीबाट सीधा सम्बन्ध हुन्छ । हाइपोथाइराडिज्म बाँझोपन र गर्भपतनको सबै भन्दा प्रमुख कारण हो । जब थाइराइड ग्ल्याण्डको कार्यप्रणलीमा आयोडिनको कमी हुन्छ, त्यसपछि पर्याप्त मात्रामा हार्मोन उत्पादन हुदैन । त्यसपछि बाँझोपन लगाएतको समस्या देखा पर्न थाल्छ ।’त्यस्तै उनका अनुसार महिलाहरु हाइपोथाइराडिज्मकोशिकार बनेपछि सेक्समा अरुची, समयमा महिनावारी नहुने, र गर्भधारणमा समस्या देखा पर्न थाल्छ ।बाँझोपनलाई टाढा राख्न थाइराडिज्मको उपचारनै महत्वपूर्ण भाग हो ।