किसमिस मन नपर्ने मानिस शायदै भेटिएला । यसको तिख्खर स्वाद र मिठासको लागि मात्र नभर्इ किसमिस उन्नत स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । हिजोआज हरेक किसिमका मिठार्इ र खानेकुरामा किसमिसको प्रयोग गरिन्छ । यसका अनगिन्ती फाइदाहरू छन्ः

यस्ता छन् फाइदाहरु –

  • – किसमिसमा धेरै किसिमका भिटामिन एवं मिनरल्स पाइन्छ । यसलार्इ भिजाएर खानाले यसमा भएको गुलियोको मात्रामा कमी आर्इ स्वास्थ्यको लागि एकदमै गुणकारी हुन्छ ।
  • – प्राकृतिक रूपमा यसमा एन्टीअक्सिडेन्ट पाइने हुनाले यसले विभिन्न किसिमका रोगबाट बचाउँछ ।
  • – शरीरमा विभिन्न किसिमका फोहोर वा प्रदुषणलार्इ हटार्इ रगत सफा गर्न मृगौला तथा कलेजोको अहम् भूमिका हुन्छ ।
  • त्यसैकारण पनि यी महत्वपूर्ण अङ्गहरूलार्इ स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् । दैनिक रूपमा थोरै भएपनि किसमिसको सेवन गर्दा अतुलनीय फाइदा प्राप्त गर्न सकिन्छ ।
  • – किसमिसको सेवनले शरीरमा आइरनको कमीलार्इ पूरा गरी रगत बढाउँछ ।
  • – फाइदाको हिसावले किसमिस सुख्खा खानुभन्दा भिजाएर खानु उत्तम मानिन्छ । यसलार्इ भिजाएर खाने गर्नाले लिभर अर्थात् कलेजोलार्इ फाइदा गर्दछ ।
  • – किसमिसको पानीले कलेजोमा एकदम तीब्र गतिमा रगत सफा गर्दछ । यसरी किसमिस भिजाएर उक्त पानी नियमित ४ दिनसम्म पिउने हो भने कब्जियत लगायतका कैयौं पेटसम्बन्धी समस्या वा रोग निको हुन्छ ।
  • – दिनहुँ किसमिस सेवन गर्नाले मुटु बलियो एवम् स्वस्थ हुनुका साथै कोलेस्ट्रोल पनि घटाउँछ ।