बुढो देखिन जो कोहीलाई पनि मन लाग्दैन, उमेर पाकेपनी जवान देखियोस भन्ने चाहना हुन्छ ।आम मानिसमा जान वा अन्जानमा केही यस्ता बानीहरु हुन्छन्,जसको कारण छालामा चाउरी तथा डन्डीफोर देखीनुको साथै छिट््टै बूढ्यौली तिर हामीलाई धकेलीरहेको हुन्छ ।
१। लगातार सम्बन्धमा खटपट तथा तनाब आइरहँदा शरीरमा एक प्रकारको हर्मोन निश्काशन हुन्छ जसले प्रतिकुल असर एवं अनुहारमा चाउरी देखीन थाल्छ ।
२। बिहानको नास्ता नलिने बानीले पनि दिनभर थकाईको साथै कमजोर महशुस हुनुले समय अघि नै अनुहारमा चाउरी देखीन थाल्छ ।
३। लगातार एकै ठाउँमा धेरै बेर बसेर काम गर्ने गर्नाले खाएको खाना डाईजेस्ट नभई शरीर मोटो देखीन थाल्छ जसको प्रतिकुल असर अनुहारमा पर्दछ ।
४। दिनभर कम्तिमा आठ देखी नौ गिलास पानी नपिउने बानी जसले शरीरमा डिहाईड्रेट भई शरीर शुक्खा हुनुको साथै अनुहारमा चाउरी देखीन थाल्छ ।
५। रक्सी, गाँजा, ड्रग्सको नशामा रहने ब्यक्तीको शरीरमा कार्टीशोल नामक हर्मोन रिलिज गरी स्ट्रेस बढाउने हुँर्दा समय अगावै मानिस बूढो देखीन थाल्छ ।
६। एकै चोटी धेरै काम गर्ने गर्दा धेरै नै परिश्रम पर्न गई थकान पर्न जान्छ र दिमाग भारी भई मुटुमा समेत असर देखीन थाल्छ र यसलेै अनुहारमा पनि गहिरो असर पार्दछ ।
७। धेरै अनुशन्धानहरुले यो देखाएको छ कि पुरै नीन्दा्र नलिने बानी जस्तो कम्तिमा ७ देखी आठ घण्टा नसुत्ने गर्दा हाई ब्लड प्रेसर ,स्ट्रेस, मुटु सम्बन्धी सम्स्या देखीन थाल्छ र सोझै असर अनुहारमा देखीन थाल्छ ।
८। दही,दूध,अण्डा,माछा, मासु, हरीयो सागपात जस्ता अत्याबश्यक भिटामीन युक्त खाना नखाँदा शरीरलाई आबश्यक तत्वको कमि हुन गई मानिस समय अगावै बूढो देखीन्छ ।
९। घाममा घुमफिर गर्दा सनस्क्रिन क्रिम नलगाउँदा पनि अनुहारमा घामको बिकिरणले अनुहारको नरमपना सोसेर कालो तथा दाग देखींदै जान्छ ।