पुदीनाको सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक हुन्छ । यूरोप, अमेरिका, एशिया, अफ्रीका लगायतको देशहरुमा पनि खानामा पुदीनाको सेवन गर्ने गरेको पाइन्छ । पुदीनाले खाना पचाउन सहयोग पुर्याउँछ । तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम गर्छ। स्मरणशक्ति कमजोर भएमा यसको सेवन गर्दा त्यस्तो समस्याबाट मुक्त हुन सकिन्छ ।

यदि श्वासको दुर्गन्ध छ भने पनि यसको सेवनले हटाउन मद्दत गर्दछ । पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ। पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ। तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न। स्तनपान गराउने महिलाको स्तन र निप्पलमा पीडा हुन सक्छ। अध्ययनले के पुष्टि गरेको छ भने पुदीनाको तेलले त्यस्तो पीडा कम गर्छ। पुदीनाको पातलाई पिसेर लगाउँदा छालाको संक्रमण, डण्डीफोर र दाग हटाउन मद्दत गर्दछ।