भर्खरै मात्र उक्त गाउँलाई चिनारी दिन मगर्स क्रियसन कम्पनीको प्रसतुतिमा “म्याग्दी भ्रमण वर्ष २०७५” लाई मध्येनजर गर्दै एउटा अत्यन्तै मिठो चिर परिचित धौलागिरिकै गायक गगन पुन र म्याग्देली चेली गीता पाईजाको मिठो स्वर अनि खिम गर्वुजा र नमुना गर्वुजाको शब्दमा म्युजिक भिडियो बजारमा ल्याएको छ । साथै उक्त म्युजिक भिडियोमा आँसु लामाको संगीत रहेको छ भने क्यामरामा करन चैसिरले साथ दिएका छन् । त्यसैगरी म्युजिक भिडियोलाई पुष्कर विवेक थापाले निर्देशन गरेका छन् ।

म्याग्दीको धौलागिरी हिमालको काखमा रहेको दग्नाम गाउँ जुन प्राकृतिक रुपले निकै शुन्दर अनि हराभरा छ । हिमालको छहारीमा लुकेको दग्नाम गाउँ प्राकृतिक रुपले मात्र हैन शुन्दर मानव बस्ती, त्यहाँको संस्कृति, चालचलनले पनि शुन्दर बनाएको छ ।अगाडि सधैं मुसुक्क हाँसिरहेको अग्लो धौलागिरी हिमाल, त्यसको मुनीतिर पहाड, पहाडकोबीच शुन्दर बाक्लो मानिसको बस्ती आहा कति शुन्दर ।

गीतमा पूर्ण रुपमा धौलागिरी हिमाल अनि वरपर रहेका प्राकृतिक मनोरम दृश्य विशेष दग्नाम गाउ, अनि गाउँ वरपरको शुन्दरतालाई देखाउन खोजिएको छ । साच्चै गीत हेर्दा कति खेर त्यहाँ पुगु जस्तो हुन्छ । गीतको शब्दमा नै दिएको छ “तल गैरी माझी र कान्छी गाउँ भन्दै” दग्नाम गाउँ शुन्दर चेलीहरू आफ्नो जातीय भेषमा सजिएर नाचेको देख्दा हामी पनि त्यो ठाउँ गएरसँगै नाचु जस्तो हुन्छ अझ लिसंखुको त्यो हिमालबाट बगेर झरेको धाराको चिसो पानी खान पाउँदा एक छिन तस्वर्गकै आभास दिलाउँछ ।

गुराँसको सिजनमा त झन गाउँनै पुरै रातै देख्दा त नेपाल पनि यस्तो छ र झैँ हुन्छ । त्यही माथि हिमाल हाँसेको देख्दा त कुरै नगरम । बेला बेलामा प्रकृतिसँगै सोरठी र झ्याउरे नाच्दा पाउँदा त्यहाँका मानिसहरू आफैलाई भाग्यमानी ठान्दछ ।त्यहाँका चेलीहरुले हातमा थाली राखेर नाच्दा साच्चै अचम्मित पारिदिन्छ । मगर जातिको जनघनत्व रहेको यो गाउँमा अँझै लाहुरे संस्कृति झल्केको देख्न सकिन्छ । लाहुरे घर फर्कदा गाउँमा सबै मिलेर अँझै रोदी बसी रातभरि रमाइलो गर्ने चलन छ।

 

दग्नाममा विशेष गरी वैशाखमा नांगी देवी र जेष्ठ महिनामा भूमे थानलाई पुज्ने गरिन्छ साथै यही अवसरमा लिङ्गो जुधाउने पर्व पनि धुमधामले मनाउने गरिन्छ । राजधानीबाट टाढाको दुरीमा रहे पनि दग्नाम आन्तरिक र बाह्य पर्यटकको लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।भौगोलिक हिसाबले दुर्गम रहेता पनि प्राकृतिक हिसाबले यो ठाउ संसारकै धनिरहेको छ । किनकि जो कोही पनि एकपल्ट त्यहाँ पुगेपछि फर्किन मन लगाउँदैनन् । किनकि त्यहाका पाखा पर्वत देउराली भञ्ज्याङ चौतारी झरना खोला अनि त्यहाका मानिसले गर्ने दैनिकले क्षणिक नै लोभ्याउँछ । http://www.londonnepalnews.com