नेपाली व्याकरणमा ह्रस्व दीर्घका नियमको ठूलो महत्व छ । तर अधिकांश ह्रस्व दीर्घमा झुक्किने गर्छन् । यदि तपाईं पनि नेपाली लेखनमा ह्रस्व दीर्घमा झुक्किने गर्नुभएको छ भने तपाईंका लागि गीत नै तयार पारिएको छ ।‘नेपाली व्याकरण’ शीर्षकमा सार्वजनिक भएको गीतलाई नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पारेका हुन् ।

एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक समेत रहेका घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको छ ।प्राथमिकदेखि उच्च शिक्षा लिइरहेका समेतका लागि उपयोगी गीतलाई तीजको भाकामा तयार गरिएको छ । भिडियोको छायांकन स्कुल परिसरमै गरिएको छ ।onlinekhabar.com