कृष्ण जिसी

“साहुजी साबुन दिनुहोस न !” हेर्दै नहेरी उनले बोले “कुन साबुन?” मैले भने “नुहाउने साबुन” उनले एउटा साबुन सो–केश माथि फ्यात्त फालिदिए । मैले सय रुपियाको नोट हातमा दिएँ । एउटा हातले सोकेशको घर्रा उघारे मलाई पैसा फिर्ता गरिएदिए । उनलाई को गयो को आयो खासै हेक्का भएन । उनले मलाइ हेरे तर देखेनन्, हातको मोबाइलमा के थियो त्यस्तो, जसले उनको ध्यान त्यति धेरै तानेको थियो ? मैले अचम्म माने म पनि मोबाइलको प्रयोग कर्ता हँु तर त्यसरी झुम्मिई रहने होइन ।

बाटैमा साथीको घर पर्दथ्यो । उसको घरमा पसेर जाने बिचार गरें । डोर बेल थिचें ढोका खुल्यो मिरा म्याडम रहिछिन (साथीको श्रीमती) अभिबादन संगै “भित्रै आउनुहोस” इशारा गरिन मैले “हरि खै त?” भनेर सोधे “कपाल काट्न जानु भएको छ आइहल्नु हुन्छ एकछिन बस्नुस चिया सम्म पिएर जानुहोला” भनिन र बैठक कोठा तिर सोफामा बस्ने इशारा गरिन ।

छेउमा होचो टि टेबल माथि दुइओटै खुट्टा चढाएर कानमा इएर फोन लगाएर साथीको छोरो प्रेम, मोबाइलमा ब्यस्त थियो । उसले म आएको देख्यो या देखेन मलाइ थाहा भएन । एकै छिनमा म्याडम चिया लिएर आइन टेबल नजिकै आएर छोरालाई हकारिन “केहो ? यत्रो बडो भएर सोमत छैन कि क्याहो ? बसेको ढंग” गालामा झ्वाम्म दारी पालेको त्यो परिपक्क छोरालाई त्यसरी कड्केको मलाई अलि मन परेन । खुट्टा झार्दै “ए अंकल पो ! नमस्ते “ उसले हात जोड्यो म्याडम फेरी कड्कीइन “बल्ल पो देखेको ?” मोबाइलमा घोप्टो परे पछी को आयो को गयो केहि मतलब छैन” पÞmतपÞmताउदै भान्सा तिर गइन ।

मैले चिया पिउंदै गफ गर्न खोजें तर उसले सायद गित सुन्दै गरेकोले होला जोडले “हजुर के रे ? अँ अँ” मात्रै भन्यो चिया सक्दा सम्म पनि साथि हरी आएन । मलाइ पनि एक्लै बस्न मन लागेन र उठें भान्सा तिर फर्कंदै “ल त म्याडम हरि आएन म अहिले निस्किएँ कृष्ण आएको थियो भनिदिनुहोला ह,ै खासै काम त थिएन यसो भेटौं भनेर मात्रै” त्यति बेला उनि पनि मोबाइलमा भिडियो हेर्दै कराईमा तरकारी चलाउँदै थिइन । म मेरो बाटो लागें फेरी सोचें म पनि त मोबाइल प्रयोग गर्छु तर सबै कुरा छोडेर एकोहारिएर त्यसैमा झुन्डिने चाहिं हैन ।

समय बिहानको थियो प्राय पसलेहरु पसल खोलेरै बसेका थिए । बाटोको वारि–पारि सबै चिनेकै व्यक्तिहरु छन् तर कसैले पनि बाटो तिर हेरेकै छैनन्, सबै घोप्टो परेका छन् । बाटोमा हिड्ने मान्छे कानमा इएर फोन लगाएरै हिडेका छन । मोबाइलले सबैलाई एक्लो बनाइदिएको छ । वारी–पारि के भैरहेको छ कसैलाई केहि मतलब छैन । अल्ली पर पुग्दा मासु पसलमा लोग्ने स्वास्नीको चर्का चर्की थियो ।

कारण त्यहि मोबाइल रहेछ । मासु पसलमा श्रीमतीलाई पहरा दिन लगाएर लोग्ने चाहिं चर्पी गएको रहेछ, श्रीमती मोबाइलमा ब्यस्त कुकुरले खसीको मासुको एउटा फिलो नै लतारेर लगेछ । मैले मन मनै सोचें म संग पनि मोबाइल छ तर जतिबेला पायो त्यतिबेला म चलाउँदिन मैले मोबाइल चलाउछु तर मलाइ मोबाइलले चलाएको मन पर्दैन ।सोच्दै हिडीरहेको थिएँ अचानक तरकारी पसल नेर मेरी फुपुकी छोरी गाउँबाट बजार झरेकी रहिछिन अगाडी भेटिइ हालिन “नमस्ते दाइ” मैले सोधे “हैन हतारिदै बिहानै कता हिंड्यौ त?” उनले भनिन “हेर्नु न दाइ हिजो चार्जमा राखेको मोबाइल छोराले निकालेर खेलाएछ कहाँ खासालेछ डिस्प्ले नै गयो ।

मोबाइल नभए त सानी छोरीले खाना खानै मान्दिने त्यहि भएर हतार हतार गर्दै बनाउन आएको ।” उफ यो पनि मोबाइल कै समस्या “ल ल अहिले फर्कदा मेरो घरतिर पसेर खाना खाएर जानु है त” भन्दै बाटो लागेँ । मैले पनि छोरा छोरी हुर्काएकै हुँ । खाना खुवाएकै हँु । मोबाइल कहिल्यै दिन परेन । खेलाउदै अघिपछि गर्दै गीत गाउँदै पनि त खुवाउन सकिन्छ नि ।
बिहान साबुन किन्न हिडे पछी जहाँ–जहाँ पुगें, जस–जसलाई देखेँ–भेटेेंं, जे जस्ता घटना र अबस्था देखे–सुनेँ, सबै मोबाइल संग जोडिएकै छन् । अनि मलाई लग्यो हैन यो कस्तो साधन हो ? मान्छेका क्रियाकलापलाई तहसनहस पारिदिने ?
घर पुग्नै लाग्दा अस्पताल नजिकै पर्दछ ।

एक हुल मान्छे एउटा स्ट्रेचरमा बिरामी ब्यक्ति होला, बोकेर हतारिंदै आइरहेका थिए । मैले चिनेका कोहि पनि रहेनछन् तर अरु व्यक्ति मार्फत थाहा पाएँ आत्महत्या गरेको व्यक्ति रहेछ पोस्ट मार्टम गर्न अस्पातल ल्याउँदै गरेका रहेछन “महिला हो कि पुरुष हो ? के कारण रहेछ आत्महत्या गर्ने ?” मैले सोधें उनीहरुका भनाइ अनुसार २३ बर्षकी महिला रहिछन । भर्खरै पढाइ सकेर बसेकी । कोरियामा काम गर्ने एक जना संग फेसबुक मार्फत चिनजान भएको रहेछ । आज भोलि हुँदै माया निकै झ्यांगिदै गैसकेछ । छुट्टीमा आएर बिहे गर्ने समेत आश्वासन दिएको रहेछ तर पछी उसंग नाता पर्ने र बिबाह गर्न नमिल्ने भनेर बाबु आमाले भने पछी आत्महत्या गरेकी रहिछिन ।

आखिर माया प्रेम र मृत्यु, कारण त फेसबुक अनि मोबाइल नै रहेछ “फेसबुके मायाँ झ्याप्पै चरम, माया बसे जे पनि गरम, केहि दिन पछी लाग्ने सरम, छोटो बुद्धि झ्याप्पै मरम” एकजना ब्यापारीले बोलिहाले उनको कुरामा ब्यङ्ग र आक्रोस दुबै थियो । घरदेखि बजार पुगेर साबुन किनेर शरीरको मैलो फाल्न निस्केकोे म, मोबाइल संग जोडिएका यी घटनाका कारण धुनै नमिल्ने गरि मन मैलाएर फर्कदै थिएँ । यी घटनाक्रमले मेरो मन मस्तिष्कमा निकै हलचल मच्चाइदियो, म घनचक्करमा परें । एउटा मोबाइलले यति धेरै अबस्था सिर्जना गरिसकेको छ ।

घर पुग्न अब पुल तर्न बाँकी थियो। पुल तरेर केहि मिटर हिंडेको थिएँ, त्यस्तै अर्को घटना फेरी देखियो । एउटा सानो ५–६ बर्षको बच्चालाई आमाले बेस्सरी पिटाइ गरिरहेकी थिइन । मैले दौडीदै बच्चालाई छुटाए अनि आमालाई हप्काएँ “यसरि बच्चालाई पिट्छन ?” उनले भनिन “सर यसले २५ हजार पर्ने मोबाइल खसालेर फुटाई दियो” मैले अल्ली चर्को स्वरमा झर्कदै भनें “हैन तपाइंलाई बच्चाको भन्दा मोबाइलको माया बढी छ है ?” उनले पनि अल्ली रुखो जवाफ फर्काइन “मोबाइल बिग्रे खाँचो त हुन्छ नि !” भैगो किन बाद बिबाद गरिरहनु म सरासर घरमा पुंगे । घरमा पुग्दा बिहानको नौ बजिसकेको थियो अब नुहाई धुवाइ अनि स्कुल पुग्नु पर्ने भएकोले हतार हतार नुहाउन थालें ।

त्यसपछि खाना अनि पहिरन फेरेर स्कुल हिड्नै लाग्दा मोबाइल चार्जमा राखेको सम्झिएँ र लिन गएँ तर मोबाइल त्यहाँ थिएन, खोजे भेटिन । अनि श्रीमती संग कराएँ “खै चार्जमा राखेको मोबाइल ?” “यहाँ म संग छ” म अझै चर्को स्वरमा कराएँ “बिहान भरि यहि मोबाइलका घटनाले घनचक्करमा परेको छु ।

घरमा आउदा फेरी तिमि पनि मोबाइल ?” उनि अल्ली नरम भएर बोलिन “त्यसै कराउनु हुन्छ घरि घरि फोन आईरह्यो, कसको फोन रैछ भनेर उठाएको छोरीले होस्टेलबाट गरेकी रहिछे” । मैले कुरो बुझें अनि मोबाइल गोजीमा राखेर स्कुल हिडें । जब गोजीमा हात पुग्थ्यो मोबाइल थियो अनि मानसपटलमा त्यहि घटनाक्रमहरु पुनरावृ ित्त हुने गर्थे । आखिर त्यो मोबाइलाले किन मान्छेलाई चलाईरहेको छ । जवकी मान्छेले मोबाइल चलाउनु पर्ने हो । म पनि मोबाइलको प्रयोग कर्ता हुँ तर म मोबाइलबाट संचालित भएको छैन ।

बिहान जुरुक्कै उठेर साबुन किन्न हिंडे देखि घरमा आइपुग्ने बेला सम्म मोबाइल र यसका कारणले सृजित अबस्थ,ा हाम्रो जीवन–शैली ति घटना र परिस्थितिले मेरो मनमा एउटा तरङ्ग ल्याईदियो । आखिर सबैथोक छोडेर मोबाइल नै किन त्यति महत्वपूर्ण बनेको छ । एउटा सोचनीय बिषय बनेको छ । संचारको साधनको रुपमा विकास भएको मोबाइल आज संसार त्यहि ग्याजेट भित्र अटेको छ । त्यसको प्रयोग कहाँ र कसरि भैरहेको छ भन्ने तर्फ हामि कसैले पनि गहीरिएर सोचेकै छैनौं । कुनै पनि कुराको सहि र सन्तुलित प्रयोगले नै त्यसको उपयोगिता बढाउने हो ।

मानव निर्मित साधन जो हाम्रो इशारा, निर्देशनमा चल्नु पर्ने हो त्यसले आज हामीलाई चलाईरहेको छ । मान्छेले मेसिन चलाउनुको सट्टा मेसिन, उकरणले मान्छेलाई चलाइरहेको छ । सबैकुरा मोबाइलमा अटेको छ, जीवन–शैली सजिलो बनाइदिएको छ । संचार मात्रै नभएर मनोरंजन, आर्थिक क्रियाकलाप (इ–कमर्स) बिलिंग लगायतका कुरा एउटा ग्याजेटबाट सम्भव भएको छ, त्यसैले गर्दा यसको प्रयोग बढ्दो छ ।

रेडियो टेलिभिजन पत्रपत्रिकालाइ बिस्तारै बिस्थापित गर्दैछ । बच्चा देखि बुढा सम्म आज मोबाईल मै झुम्मिएका छन् । सामाजिक संजालमा जोडिएका छन् । छुट्टिएकालाइ भेटाइदिएको छ, कसैलाई छुटाइदिएको छ । परिवारका सदस्य बिचमा कुनै अन्तरक्रिया छैन । सबै फरक–फरक दिशातिर मोडिएर मोबाइल मै झुम्मिएका छन् ।

पारिबारिक बिखन्डन, नैराश्यता एक्लोपना बढ्दै गैरहेको छ । यदि यो स्थिति रहेमो यसको लतले बिकराल रुप नलेला भन्न सकिन्न । हुनत, यसका धेरै फाइदा माथि केही मात्रामा उल्लेख भएका छन् तर सिमित फाइदाका लागि परिवार हुँदाहुदै पनि पारिवारिक बितृष्णा, समाजमा बस्दाबस्दै र सामाजिक संजालमा जोदिदा जोडिदै पनि एक्लो हुने अबस्था, बिकराल बन्दै गैरहेको देखिन्छ ।

मोबाईल र मोबाईलका कारणले श्रृजित समस्या अवगत हँुदाहुदै पनि यसको लतलाई छोड्न सकिएको छैन । हरेक बाबुआमाले सानोमा छोरा छोरी भुलाउन, खाना खुवाउने बहानामा प्रयोग गर्न दिएको मोबाइल उमेर बढ्दै जाँदा छुटाउने नसकिने भएको छ । घर घरमा यसैका कारणले थुप्रै समस्या सिर्जना भएका छन । के मोबाइलको प्रयोगलाई रोक्न सकिन्छ ? मलाइ लाग्छ सकिदैन र रोक्न पनि हुदैन । कुनै पनि कुराको ब्यस्बथित प्रयोग नै त्यसको खास समाधान हुन सक्छ । प्रविधिलाई तिरस्कार हैन स्विकार गर्नु पर्दछ तर मोबाइलको प्रयोगले हुने पारिबारिक बिखण्डन, सामाजिक बिखण्डन एक्लोपना नैराश्यता जस्ता समस्या प्रति सबै सचेत हुनु जरुरी छ ।