मौलिक सालैजो गीत भञ्ज्याङ्मा बस्दा’बजारमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको खिवाङमा स्थायी घरभई हाल बेलायतमा रहेका गीतकार बिल पुर्जा पुनमगरले सङ्कलन तथा निर्माण गरेको अत्यन्त मौलिक सालैजो बजार बजारमा ल्याएका हुन् । गत साउनको पहिलो साता मौलिका लोक गीतको अभाव खड्किएको अवस्थामा ठेट् मौलिका भाकाको ‘शिरफुल मायाँ’ बजारमा ल्याएका गीतकार पुर्जाले सालैजो गीतमा लोकप्रिय लोक गायिका गीता पाईजा र नबिन रानाको स्वर रहेको छ ।

लोपउन्मुख र मौलिका कला र संस्कृतिको संरक्षणमा सक्रिय रहेका पुर्जाले गीतको पुष्कर बिबेक थापाको निर्देशनमा मोडेल रिना थापा,पुष्कर विबेक थापा, विक्रम राना र गिता पुनको अभियान रहेको छ ।शुक्रबार गिता पाईजाको यूट्यूव च्यानल मार्फत बजारमा आएको गीतले सालैजो भाकालाई संरक्षण तथा प्रचारप्रसारमा सघाउने गीतकार पुर्जाले बताए ।‘सालैजो नेपाली गीतसंगीतको सम्पत्ती हो,‘नयाँ पुस्तालाई आर्कषित गर्नु अहिलेको प्रमुख चुनौती बनेको छ’ पुर्जाले भने । घर विदामा नेपाल आएको बेलामा गीतसंगीतलाई धेरै समय छुट्टाउने गरेका पुर्जाले भविस्यमा पनि पुराना भाकामा सजिएका गीत बजारमा ल्याउने बताए ।

गाउँघरमा गुन्जिने सालैजोको महत्व प्रवासमा रहेका नेपालीमाझ लोकप्रिय रहेको बताए । नेपाली संस्कृतिको मौलिक सालैजो गीत गण्डकी प्रदेशमा अझै लोकप्रिय र महत्वपूर्ण मानिन्छ । यूकेमा रहेको धौलागिरी नौमति बाजा समुहका अध्यक्ष समेत रहेका पुर्जाले नौमति बाजाको संरक्षणका साथै बेलायतमा रहेका नेपालीमा लोकदोहोरी तथा सालैजो, ठेट् मौलिक भाकाका गीतको प्रचारप्रसार गर्ने गरेका छन् ।

प्रवासमा रहेका मौलिक गीतसंगीतको क्षेत्रमा बलियो पकड जमाउन सफल भएका पुर्जाका गीतमा निर्देशन गर्दा निकै आनन्द महसुस हुने निर्देशक पुष्कर बिबेक थापाले बताए । ‘उहाँको गीत पुरानो पुस्तामा लोकप्रिय छ, नयाँ पुस्ताले समेत पछिल्ला समय चासो देखाउने गरेका छन’ थापाले भने । करिव १० वटा पर्यटकीय, धार्मिक, बैदेशिक रोजगारको पीडालाई समेटेर तयार गरिएको गीत बजारमा ल्याइसकेका छन् । पुर्जाले मौलिक गीतसंगित संगै धामीझार्की सम्बन्धि किताव समेत बजारमा ल्याएका छन् ।