टुकुचेकी अपेक्षा बनीन् मिस मुस्ताङ

0
509

निरज थकाली थासाङ गाउँपालिका १ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् ।थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगिलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षिया अपेक्षाले ताज पहिरीएकी हुन् ।

भविश्यमा अभिनय र भलिबल खेलाडी बन्ने योजना बनाएकी अपेक्षाले मिस मुस्ताङको ताज, सहित प्रमाणपत्र र ट्रफि सहित नगद दश हजार रुपैया पुरस्कार प्राप्त गरेकी कार्यक्रम सन्चालिका शर्मिला गुरुङले जानकारी दिनुभयाे। नृत्य, निबन्ध लेखनमा रुची भएकी अपेक्षाले मुस्ताङको पर्यटकीय र कृषि क्षेत्रको सम्भावनाको प्रचारप्रसारमा सक्रिय हुने प्रतिक्रिया दिईन्।

लेतेकी सोनीया गर्बुजा फस्ट रनरअफ र जोमसोमकी स्वेता बानिया सेकेण्ड रनरअफ भएका थिए भने ट्यालेन्ट र्गल्सको उपाधी मार्फाकी सञ्जु जुहारचनले जितिकाे सघंका सदस्य सचिव दिपक लालचनले जानकारी दिनुभयाे । चार दिनसम्म मार्फामा सञ्चालन भएको ४८ औ थाक खेलकुद तथा सांस्कृतीक प्रतियोगिता समेत आईतबार सकिएको छ ।

प्रतियोगिताको अधिकांश उपाधिमा निर्मल स्पोटीङ स्पोट्स कल्व लेतेले बर्चश्व जमाएको छ । पुरुष भलिबल र आर्चरीमा प्रथम भएको लेतेले महिला भलिबलमा दोस्रो भयो । पुरुष भलिबलमा सिक्स सोल्टीज युवा कल्ब घाँसा दितृय, महिला भलिबलमा धवलागिरी युवा कल्बबकोवाङ प्रथम र आर्चरीमा निलगिरी युवा कल्व टुकुचे उपबिजेता भएका छन् ।

पुरुष, महिला र आर्चरी प्रतियोगिताको बिजेता र उपबिजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमश नगद ४० हजार र २५ हजार, २५ हजार र १५ हजार, १५ हजार र १० हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको थियो ।संघका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचन, प्रमुख जिल्ला अधिकारी शिशीर पौडेल, स्थानीय तहका जनप्रतिनिधिहरुले पुरस्कार वितरण गर्नुभएको कोषाध्यक्ष शर्मीला गुरुङले जानकारी दिनुभयो । सांस्कृतीक कार्यक्रममा घाँसा प्रथम र कोवाङ दितृय हुदै २० हजार र १५ हजार रुपैया नगद पुरस्कार प्राप्त गरेका छन् ।

थकाली भाषाको गितको स्वरमा लेत प्रथम र ताक्लुङ दितृय तथा गित रचनामा घाँसाकी अमृता भट्टचन उत्कृष्ट बन्नुभएको छ । कार्यक्रम एकदमै सफल र साेचे अनुरुप भएकाे सघंका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद चन्द्रमाेहन गाैचनले जानकारी दिनुभयाे । मार्फा गाउँ , मिलीजुली युवा क्लब , मार्फा अामा समुहबाट एकदमै अात्मियता तथा सहयाेग पाएकाे र यस कार्यक्रम सफल बनाउन मार्फा गाउकाे ठुलाे भुमिका रहेकाे संघ परिवारले जानकारी दिनुभयाे ।