नेपाल आइडलका दोस्रो रनरअफ प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । दासको स्वर रहेको ‘अलि अलि तिम्रो माया’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । यूवापुस्तामा लोकप्रिय रहेका दासले मायाँप्रेम संग सम्बन्धित गीतमा मनोज सुनुवारको शब्द तथा सँगीतमा संजिव बराईलीले गरेका छन् ।  ब्यवसायीक रुपमै म्यूजिक भिडियोमा अभियन गर्ने मोडल निरन्जली लामा र अन्तराष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्डे«नमा कार्यरत दिलकमल क्षत्रीको अभियन रहेको छ।

‘माया माया माया ए माया’, ‘खोजी हेरिनौ प्रिय खोजी हेरिनौ जानु’ जस्ता सुगम संगीत दिईसकेका सुनुवार एकदशक पछि पुनः नयाँ गीत लिएर सांगितिक क्षेत्रमा फर्किएका छन् । नव युवा संगीतकार बाट सम्मानित भइसकेका सुनुवारले आफ्नो क्षमतालाई नेपाली संगीतको क्षेत्रमा प्रयोग गर्ने बताए । उनले अहिले चलेको गीत भन्दा फरक तथा नयाँ पुस्ताका किशोर तथा किशोरि बिचको माया प्रेमलाई आधार मानेर बनाइएकाले बताए ।

गीत निकै मेलोडियोस भएकोले युवायुवती बिच निकै लोकप्रिय हुने मोडेल दिलकमल क्षेत्रीले बताए । उनले लोकप्रिय गायकको स्वरमा मोडेलको भूमिका निर्वाह गर्दा धेरै सिक्ने अवसर समेत मिल्ने बताउँदै भविस्यमा पनि जागीर संगै सक्रिय हुने बताए । बागलुङ जेसीज सहित सामाजिक तथा सांगीतिक कार्यक्रममा प्रस्तोताको भूमिका समेत निर्वाह गर्ने गरेका क्षेत्रीले म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरेकोमा उत्साहित भएको बताए । गीतलाई यूटुवमा करिव १ लाख ३२ हजारले हेरेका छन् ।