आयुष्मा सुबेदी 

मेरो कल्पनाको नयाँ नेपाल संसारका कुनाकन्दरा अनि अनाकन्टारहरु सबै डुलेँ।
समुन्द्रका गहिराई अनि पहाडका चुचुरा सबै नापे
हावाका झोक्का अनि सूर्यका रश्मिसंगै यात्रा तय गरे ।
मेरो कल्पनाको नयाँ नेपाल खोज्न म संसार भित्र भित्रै दुले ।।
आखिर मेरो कल्पनाको नयाँ नेपाल आफुभित्रै भेटे ।

संसारका सबै यावत प्राणीको आफ्नो  आफ् नै सपना हुन्छ । सपना बिहिन त केवल निर्जीव वस्तु मात्र हुन्छ । हरेक प्राणी सपनामा रम्नको लागि एक सुन्दर निन्द्राको आवश्यकता पर्दछ त्यस्तै जस्तो मेरोनिन्दा्रको सपनामा मेरो कल्पनाको नयाँ नेपाल छ ।

मेरोकल्पनाको नयाँ नेपाल स्वर्ग भन्दा कमी हुने छैन अनि यहाँका जनताले स्र्वर्गीय आनन्दको आवश्यकता महसुस गर्नै छैन। सम्पूर्ण देश बहुमुल्य वस्तुबाट सुशोभित हुनेछ र कुनै पनि वास्नाको लागि कस्तुरी झै भौतारिनु पर्दैन । मेरो कल्पनाको नेपालमा विकासको गति वसन्त ऋतुको महकोचाका जस्तोर विकासको लागि जनता वसन्त ऋतुकोमाहुरीका जस्तो गतिमा लाग्ने छन् अनि यहाँका गृहहरु स्वर्गका जस्ता चार द्वार हुनेछन्। मेरो कल्पनाको नयाँ नेपालमा वनजङ्गल अहिलेको जस्तो नभएर स्वर्गका बगौँचा स्वरुप शुगन्धित र शुरङ्गित हुनेछ।

मेरो कल्पनाको नयाँ नेपालमा विकासको गति हावाको चाल समान हुनेछ । यहाँका शासक राजा दशरथ र रामचन्द्र जस्ता हुनेछन्अनि जनता गौतम बुद्धजस्ता र व्यापारी रामशाहाको जस्तो गुण भएका न्यायका मुर्ति हुनेछन्। मेरो कल्पनाको नेपालमा कोहि भोकले मर्ने छनैन्। अनि कसैलाई खानको बाढी चल्ने छैन ।

सम्पूर्णमा खाद्यन्नको मिटर हुनेछ । आजका यी घोच्ने काँडा भोलिका गुलाफ हुनेछन्। आजका खोला नाला भोलि अमृत बन्नेछन्। आजका विद्यालय भोलिका मन्दिर बन्नेछन्र आजका शिक्षक भोलिका देवता र आजका विद्यार्थी भोलिका भक्तजन बन्नेछन्। मेरो कल्पनाको नेपालमा आजका चोर फटाह भोलिका साधुजन हुनेछन्। मेरो कल्पनको नयाँ नेपालमा कोहि नाटकी चटकीको रुपमा फस्ने छैन अनि कोही वेश्यालय र अनाथालयमा बिल्ला भिर्नु पर्ने छैन ।

आजका तिर र चौबाटाका ढुङ्गा भोलि शालिग्राम शिला बन्नेछन्  आजको माटो मेरो कल्पनाको नेपालमा रक्तचन्दन साबित हुनेछ । आजका पशु चौपाया भाेिलका निलगाई हुनेछन्अनि पशु पंक्षी भोलिका क्षिर हंश हुनेछन्। मेरो कल्पनाको नेपालमा डाक्टर भावि हुनेछन्, भाषण वाणी हुनेछन्अनि गाली अर्ति समान हुनेछन्। विकासको लागि सम्पूर्ण जनता कटिबद्ध शुत्रमा बाँधिनेछन्अनि विकासको गति हावाको गति जस्तो हुनेछ ।

मेरो कल्पनाको नेपालमा मानव जातिमा अहिले जस्तो जातभातको स्वरुप नभई जम्मा दुई जातले राज्य व्यवस्था चल्नेछ । मेरो कल्पनाको नेपालमा आजको समय सूचक रक्तसञ्चारसँग जोडिने छ । र आजको वायुभोलिको प्राण अनि आजको व ृक्ष भोलिको संजिवनी हुनेछ ।

मेरो कल्पनको नेपालमा युवा धु्रवतारा हुने छन्जसले अविचलित आपू बलेर समाजलाई उज्यालो छर्ने सामथ्र्य राख्नेछन्। मेरो कल्पनाको नयाँ नेपालमा मानवजाति बौद्ध हैन बुद्ध बन्न, क्रिस्चियन हैन जिसस बन्न हिन्दु हैन राम बन्न अनि ग्रन्थ घोकन्ते हैन अन्र्तवस्तुलाई बुभ्mन, नियाल्न, केलाउन अनि आत्मसाथ गर्न सक्ने महामानव बन्नेछन्। मेरो कल्पनाको नेपालमा परोपकार पुण्डायः पापाय परपीडनम्को भावनालाई आत्मसाथ गरिनेछ ।

विश्व बन्धुङ्ख व भाइचारा तथा पारस्परिक सौहार्दताका कुरालाई व्यवहारमा कार्यान्वयन गरिनेछ । मेरो कल्पनाको नयाँ नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको विषयमा प्रचारबाजी चल्ने छैन । सम्पूर्ण मानवजाति एक मालामा उनिनेछन्। मेरो कल्पनाको नेपालमा चोर पुलिस भन्ने कोहि हुने छैन, न्यायको लागि कुनै न्यायलयहरु हुनेछैनन्। सबैजनता वर्दि बिहीन पुलिस बन्नेछन्अनि सम्पूर्ण घर, टोल समाज न्यायलय बन्नेछन्।

मेरो कल्पनाको नयाँ नेपालमा १२ घण्टा दिन र १२ घण्टा रात हुनेछैन २४सैं घण्टा अनकण्टार ठाउँमा प्रकाशका रश्मि रहनेछन्अनि सम्पूर्ण बसन्ती धुनमा गुनगुनाउन, माधुर्यतामा रम्न अनि मुस्कुराउन पाउनेछन्। मेरो कल्पनाको नयाँ नेपालमा विज्ञानले भौगोलिक सीमाना मात्र हैन प्रत्येक व्यक्तिको छातीको सीमाना पनि नाप्नेछ आजका यन्त्र भोलि बुद्धका गुणगानसँग मिल्दाजुल्दा हुनेछन्। अनि हिमालका सेता दन्ते लहर चाँदी भैटल्कने र चमक दिने छन्, पहाडको गर्भमा हिराका ज्वला जन्मनेछन अनि तराईको फाँटमा मोतिको पङ्क्ति झल्कने छन्।

मेरो कल्पनको नयाँ नेपालमा कोही पीडाले रन्थनिएर तप्तप्आँसू चुहाउने छैनन्, आतङ्क को कालो बादल मडारिने छैन्, असमानताको बाढी हुनेछैन, संङ्क टमा सुक्ष्म किटाणु फैलिने  छैनन्, देश दर्दनाक स्थितिमा रहने छैन, कर्णलीमा विकासको लहरसँगै स्वर्गको अनुभूति प्राप्ती हुनेछ, स्वदेशको ताकत विदेशी भूमिमा खर्चिनु पर्नेछैन, देशले आफ् नो काया फेर्न सक्ने छ र देश सत्यम्, शिवम् सुन्दरम्को आर्दशमा पल्लवीत हुनेछ । मेरो कल्पनाको नयाँ नेपालमा भ्रस्टचार लुटपात, गुण्डार्गदी, बलत्कार जस्ता सामाजिक अपराधको स्थान हुने छैन, सम्पूर्ण जनता स्वतन्त्र रुपमा रहनेछन्, र सत्य युगको बास्ना छरिनेछ । सामाजिक कु–संस्कार, अन्धविश्वासको अन्त्य हुनेछ अनि मानवता मुखमा होइन आत्म र मनमा लागू हुनेछ ।

मेरो कल्पनाको नयाँ नेपालमा शान्तिले छाउँनेछ । शान्तिको दीप प्रज्जवलित गराउन भट्याउन र रत्यौली खेल्न पर्ने छैन शान्ति आफै मुस्कुराएर र मौलाएर आउनेछ । कसैले कसैको पहिचान देखाउनु पर्ने छैन पहिचान आफैमा फक्रने छ । मेरो कल्पनको नयाँ नेपालमा मुलुकको गर्भभित्र लुकेर रहेको खनिजपदार्थको सहि पहिचान हुनेछ र जन्माइने छ । समग्र देशको आर्थिक शैक्षिक,

संस्कृतिमाउन्नतिका लागि रथमा महिला पुरुषका पाङ्ग्रा बनाई हाँकिनेछ । मेरो कल्पनाको नयाँ नेपालले रुखको हरेक छहारीमा, हावाको हरेक झोक्कामा, फुलको हरेक थुंगामा उज्यालो कथा बोकेको हुनेछ । पहाडको छातीमा इतिहास बाँचिरहेको हुनेछ । मेरो कल्पनाको नयाँ नेपालमा हिमाली, पहाडी र मधेसी भन्ने शब्द हुनेछैन केवल हामी नेपाली भन्ने मात्र हुने छ । अनि सम्पूर्ण देश बासी एकलव्य पनि देश सुरक्षामा लाग्नेछन, सीताको आर्दशले ओतप्रोत हुनेछन्, सृजनामा रङ्ग भरिनेछन्कमल फुल्ने हिलोमा शान्तिको बिउ छरिनेछन्।
माउण्ट एभरेष्ट आवासीय माविम कक्षा ९ मा अध्ययरत सुबेदी राष्ट्रियस्तरको निवन्ध प्रतियोगितामा प्रथम भएकी हुन् ।