पाल ट्रेड युनियन स्वतन्त्र काग्रेस जिल्ला शाखा म्याग्दीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।बिजयदशमी तथा शुभ दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ।

नेपाल ट्रेड युनियन म्याग्दीका अध्यक्ष कमल ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्वुजाले जिल्लामा बिभिन्न कार्यगर्ने ब्यक्तिहरुले इमान्दारीका साथ कार्यहरु गर्ने अनुरोध गदै शुभकामना ब्यक्त गर्नु भएको छ ।जिल्लामा सरकारी वा गैर सरकारी संघ संस्थामा कार्यरत लोकतन्त्रलाई आत्मासाथ गर्ने कर्मचारीहरुलाई सरकारले पछिल्लो समय दुख दिने गरेको पाएको छ।

सरकाले खटाएको ठाउँमा ईमान्दारी भई जनताको चाहनाको कदर हुने गरी काम गर्ने हो भने सरकारमा भएर दलको काम गर्नेले ईमान्दारीता माथीनै घात गर्ने र आफनो कार्यकर्तालाई पालन पोषण गर्ने गरेको बताउनु भएको छ ।कार्यक्रममा उपस्थित भएका नेपाली कांग्रेसका सदस्य भातृसंस्था सम्पुर्णले शुभकामना ब्यक्त गरेका थिए । नेपाल ट्रेड युनियन म्याग्दीका उपाध्यक्ष नवराज पौडेलको स्वागत सचिव बोधहरी सुबेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रममा बिभिन्न विद्यामा कार्य गर्ने नेपाल शिक्षक संघ म्याग्दीका तिन जनालाई सम्मान समेत गरिएको थियो ।