छन्त्याल सर्वमान्य फाउण्डेशनको तेस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा शिवप्रसाद छन्त्याल पुनः निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष शिवप्रसाद घरब्जा–लाम्मेला, उपाध्यक्ष क्या.जंगबहादुर बुढाथोकी–ठाडाखानी,सचिव दिपबहादुर भलञ्जा–गुर्जाखानी,कोषाध्यक्षमा थममाया भलञ्जा–खुंखानी र सदस्यहरुमा थमबहादुर घरब्जा–मल्कवाङ्ग, कृष्णबहादुर घरब्जा–चौरखानी, पदम घरब्जा–कुइनेखानी, यामबहादुर ध्याप्चन–नर्जाखानी र यमुना देवी तथप्जा–बोङ्गखानी रहेका छन्।

सांसाद ज्ञानकुमारी छन्त्यालको प्रमुख आतिथ्यमा सभाले शिवप्रसाद घरब्जा छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । नेपाल छन्त्याल संघको कार्यालय मनमैजुमा सम्पन्न साधारणसभामा प्रमुख अतिथि ज्ञानकुमारी छन्त्यालले स्वर्गिय दिलबहादुर घरब्जाको संर्घषपूर्ण प्रयासले गर्दा आज छन्त्यालहरु संस्थागत विकाससंगै देशविदेशमा आफुलाई छन्त्याल भनेर गौरव गरेको बताउनुभयो । त्यसैगरी हरेक कार्यक्रममा महिला सहभागितालाई अनिवार्यता गरिनु पर्ने माग गर्दै फाउण्डेशनले सम्मानजक उपस्थिति दिएकोमा आभार प्रकट गर्नुभयो ।

बेलायतमा हुने छन्त्यालबन्धुहरुको उदारपूर्ण सहयोगले गर्दा फाउण्डेशनले छोटो समयमा उल्लेखनीय रुपमा आर्थिक संकलन गर्न सफल भएकोमा प्रमुख संरक्षक तथा संस्थापक कप्रसाद छन्त्यालले चन्दादाताहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमा नेपाल आदिवासी जनजाति महासंका उपाध्यक्ष गोविन्द डाँडामारे छन्त्यालले फाउण्डेशन र नेपाल छन्त्याल संघको सम्बन्धलाई प्रगाढ बनाउनु पर्ने कुरामा जोड दिदै, फाउण्डेशनसंग सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

त्यसैगरी छन्त्याल संघका पूर्व अध्यक्ष चित्रबहादुर घरब्जा छन्त्यालले फाउण्डेशनले गर्न खोजेको भावि कार्यप्रति आफनौ साथ र सर्मथन रहने विश्वास दिलाउनु भयो । छन्त्याल संघका अध्यक्ष मनमोहन बुढाथोकी छन्त्यालले दुबै संस्थालाई एक अर्काका परिपुरक संस्थाकोरुपमा अगाडि बढाउने जिम्मेवारी आफनो काँधमा रहेको अनुुभुति गर्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि माननीय ज्ञानकुमारी छन्त्यालले बधाइ ज्ञापन गर्नुभएको थियो ।

संस्थाका कोषाध्यक्ष जंगबहादुर छन्त्यालले हालसम्म विभिन्न व्यक्तिहरुले प्रदान गरेको चन्दा र सोबाट प्राप्त ब्याज गरी ६५ लाख बराबरको बचत भएको जानकारी गराउनु भयो । त्यसैगरी संघको कार्यालय परिसरमा प्रवेशद्धार निर्माणका लागि उपाध्यक्ष जंगबहादुर छन्त्यालको संयोजकत्वमा ५ सदस्यीय उपसमिति र स्वर्गिय दिलबहादुर घरब्जाको स्मृति ग्रन्थ प्रकाशनका लागि गोविन्द छन्त्यालको संयोजकत्वमा ५ सदस्यीय प्रकाशन उपसमिति गठन गरियो ।