लोकप्रिय यूवा गायक राम गगनको ‘घर छोड्दाको रात’ गीत बजारमा आएको छ । गाउँघरमा दशैंको रौनकताले छपक्कै छोपेको बेलामा रोजगारीको सिलसिलामा विदेशीएको यूवाको पीडालाई समेटिएको विषयबस्तु सहित सन्देशमुलक गीत बजारमा ल्याएका हुन् । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका राम गगनले सार्वजनिक गरेको गीतले रोजगारीको खोजीमा विदेशीएको यूवा र घरमा रहेकी श्रीमति, आमाबुबालाई लक्षित गरेको छ ।
‘वर्तमान अवस्थामा सान्र्दभिक छ,‘विदेशीएका श्रीमानलाई छोडेर परिवारलाई विचल्ली पानेलाई पनि लक्षित छ’ उनले भने ।
श्रीमान विदेशीएपछि घरमा श्रीमतिको जिम्मेबारी र संर्घषशिल महिलालाई सम्मान गरिएको गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाई छ । गीतमा कृष्णा परियारले साथ दिएकी छन् । गीतलाई स्वदेश तथा विदेशमा रहेका नेपालीले रुचाउने उनको भनाई छ ।
कलिलै उमेरमा गितसंगीतमा सक्रिय रहेका गगन अहिले काठमाण्डौमा दैनिक विभिन्न सांगितिका कार्यक्रममा ब्यस्त छन् । ‘मैले जीवन विताएपनी, उसले धोका दिएको नभन्नु अरुले जे भनेपनी’ वियोगान्त गीतमा आफ्नो स्वर दिएर ब्यवसायीक रुपमै गायनमा प्रवेश गरेका गगनले लोकदोहोरी, सालैजो, मौलिका भाका लगाएतमा ३ दर्जनभन्दा बढी आफ्नै शब्द र स्वरमा गीत बजारमा ल्याएका छन् ।
मौलिक, लोकदोहारी र यूवापुस्ताका गीतहरूलाई बजारमा ल्याउन रुचाउने गगनले म्याग्दीको सदरमुकाम बेनीबजार सहित जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा समेत सघाउने गीतहरु समेत बजारमा ल्याएका छन् ।‘हेर्दा राम्रो बेनीको बजार, बेनीको बजार मन पर्ने हजार’ नाम सालैजो गीतबाट लोकप्रियता कमाएका गगनले केही दिन अगाडी म्याग्दीकै गायिका लाली बुढाथोकीसंग आफ्नै शब्द र स्वरमा ‘घुमाइदेउ स्वर, मनपर्छ भने लाम मायाँ के भोर’ भन्ने गीत बजारमा ल्याएका छन् । चर्चित लोकगायक खड्ग गर्बुजाको प्रेरणाबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकोे उनको भनाई छ ।













