स्वस्थ रहनको लागी खानेकुरामा ध्यान दिन जरुरी छ ।कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु अतिनै आवश्यक्ता हुन्छ । अन्यथा खानाबाट अमृत साटो बिष पाउन पुग्छ । खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन । यसले गर्दा कहिलेकाँही कुनै दुई खानेकुरा सँगै खाँदा मानिस गम्भीर बिरामी पनि हुनसक्छन् ।

किनकी हरेक खाद्यान्नको कम्बिनेशन राम्रो नहुनसक्छ । यहाँ केही त्यस्ता खानेकुराको बारेमा उल्लेख गरिनेछ, जसलाई सँगसँगै खानुहुँदैन ।चिकेनसँगै जुस वा मिठाई खाँदा पेटसम्बन्धी बिरामी निम्त्याउन सक्छ । फलफूलसँगै कहिले पनि स्टार्चयुक्त खानेकुरा खानुहुँदैन किनकी फलफूल छिट्टै पचाउन सकिन्छ, तर स्टार्चयुक्त खानेकुरा जस्तै भात वा आलुलाई पचाउन समय लाग्दछ । यसकारण यी दुवैलाई सँगै खानुहुँदैन ।दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन । यदि सँगै खाइयो भने यसले एसिडिटी ९ग्यास्ट्रिक० बढाउन सक्छ ।चिसो पेयपदार्थ पिउनासाथ पुदीना सेवन गर्नु हुँदैन । ( नेपालपाटी