म्याग्दीको धौलागिरी गाउपालिका-२ लम्सुङ निवासी ८ वर्षिय बालक नजिन बिकलाई नयाँ जीवन दिन म्याग्दी प्रबासी संघ (माेना) काे सकृयता संकलित १ लाख ४ हजार १ सय ३० रुपैयाँ शनिवार हस्तातरण गरिएको छ । माेना सदस्य हाल बेल्जियममा कार्यरत धाैलागिरी गाउँपालिका-२ लुलाङ निबासी प्रेमलाल बिकले बिरामी नजिनलाई अस्पतालमै भेटेर दलित एकता संजाल नेपालका सुनारकाे समुहबिचमा उक्त संकलित रकम हस्तान्तरण गरेका हुन् ।

माेना बेल्जियमले सम्पूर्ण सहयोगी महानुभावहरु साथै हस्तान्तरण कार्यक्रम उपस्थित सम्पूर्ण दलित एकता संजाल नेपालका साथीहरुलाई हार्दिक धन्यवाद दिएको छ । आर्थिक अभाबको कारण उपचारमा समस्या देखिएपछि सिन्धुपाल्चोककि सामाजिक अभियान्ता साथै नजिन बचाउ अभियानकि संयाेजक बबिता योन्जन र म्याग्दीका आशिष परियार झिल्केले बालकको उपचारका लागि नजिन बचाउ अभियान सन्चालन गर्दै आएका छन् । नजिन बचाउ अभियान सफल पार्न ” बिश्वकर्मा समाज – कुवेत”, गुरुप्रसाद सापकाेटा – जापान र दलमर्न कामी – काठमाडौबाट पनि अभियानमा अार्थिक संकलन गरेर साथ दिएको अभियान्ता आशिषले जानकारी दिए ।

बालक नजिनको नेपाल क्यान्सर हस्पिटल बेड न.४०८ मा डा.प्रकाशनाथ तिवारीबाट उपचार भइरहेको छ । डाक्टरको भनाइ अनुसार निरन्तर उपचारपछि बिरामीको अबस्थालाइ हेरेर आँखाको अप्रेसन दशैपछिगरिनेछ । नजिनको उपचारमा हालसम्म ७ लाख ८० हजार सकिएकाे र अझै १० लाख सम्म लाग्ने र अप्रेशन पछि पनि १ बर्ष सम्म हपिटलको नजिक रहेर उपचार गर्नु पर्ने बालकको आँमा उदिमाया बिकले वताईन ।उनले हालसम्म आफ्ना गाउँले, आफन्त, चिनेजानेका र हस्पिटलमा आउने अन्य बिरामीका कुरुवाहरुले छोराको अवस्थालाई देखेर सहयोग गरेको र सो सहयोगबाट छोराको उपचार गराइरहेको वताईन ।

नजिन बचाउ अभियानका अभियान्ताहरुले केही पैसा संकलन गरिरहेकाे बताउदै सबै सङ्ग यथासक्दो सहयोगको पहल गरि दिन आग्रह गरेको छ ।  अभियान्ता झिल्केका अनुसार सहयोगका लागि नजिन बचाउ अभियान्ता बबिता योन्जन  हाल- काठमाडौं (9803446616), आशिष परियार ‘झिल्के, दालमर्दन कामी(9851156196), नमुना बिश्वकर्मा समाज (कुवेत ) र गुरु प्रसाद सापकोटा (जापान) लाई सम्पर्क गर्न सकिनेछ ।