म्याग्दीको धार्मीक, पर्यटन, कला र संस्कृतीलाई समेटेर गित र म्युजीक भिडीयो बनाइएको छ । लोक दोहोरी गित म्याग्दीको बयानको म्युजीक भिडीयो सार्वजनिक भएको छ ।

धौलागिरी गाउँपालीका ७ ताकम घर भई हाल अमेरीका बस्दै आउनुभएका तेजेन्द्र केसी (राहुल)ले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सहयोग पु¥याउने उद्देश्यले म्युजीक भिडीयो बनाउनुभयो । झलक बिरही र कृष्ण परियारको म्याग्दीको बयान बोलको गितको म्युजीक भिडीयो म्याग्दीको ताकम, दरवाङ, बेनी, सिंगा तातोपानी कुण्डा, गलेश्वर लगायतका ठाउँमा पुगेर छायांकन गरिएको थियो ।

म्युजीक भिडीयोमा घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, भुरुङ तातोपानी, रुप्से, अन्धगल्छी, टोड्के, रुईसे लगायत पर्यटकीय स्थल तथा गाउँहरुको दृष्य पनि राखिएको छ । म्युजीक भिडीयोमा केसी र दिपासा बिसीले अभिनय गरेका छन् ।११ मिनेट लामो गितको म्युजीक भिडीयोको राजु केसी र कृष्णराज पौडेलले छायांकन गर्नुभएको थियो । भिडियोमा पत्रकार सन्तोष गौतमले खिचेका म्याग्दीका विभिन्न धार्मिक पर्यटकीय स्थलहरुको दृष्य समेत राखिएको छ । गित र म्युजीक भिडीयो मार्फत म्याग्दीलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सहयोग पुराउने मुख्य उद्देश्य रहेको छ ।