नेपालमा ठुलो मात्रामा पशुपंक्षीको काटमार हुन्छ । पशुअधिकारवादीहरुले यसरी पशु मारेर मासु खानुभन्दा शाकाहारी हुनु राम्रो हो भन्दै अभियान नै चलाएका छन् । तर, शाकाहारी हुनुका फाइदा पनि छन्, बेफाइदा पनि छन् ।

फाइदा

शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । साथै यसले मष्तिष्कलाई सचेत राख्छ र मानिसलाई बुद्धिमान बनाउँछ । तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ ।

शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । अनुसन्धानबाट शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको छ । मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ ।

मासु खाँदा प्राप्त हुने तत्व वनस्पतीबाट पनि पाइन्छ । उदाहरणका लागि माछा, मासु र अण्डाबाट प्राप्त प्रोटीन वनस्पतीबाट पनि पाइन्छ । शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ । उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटीन कोलेस्टेरोलको मात्रा कम पाइन्छ । तर, उच्च घनत्ववाला लिपोप्रोटिन कोलेस्टेरोलको मात्रा भने तपार्इं कस्तो खालको शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ भन्नेमा भर पर्छ । यस्तै, यस्ता व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ । उच्च रक्तचाप तौल र नुन सेवनमा निर्भर गर्दैन ।

शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ । शरीरको तापक्रम र सन्तुलन बनाई राख्न, मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंग मिर्गौला, मुटु, फोक्सो, मष्तिष्कलाई निरोगी राख्न एवं विभिन्न समस्या नियन्त्रण्ँ गर्न शाकाहारी खाना प्रभावकारी मानिन्छ ।खानामा भएको तत्व पचाउन शरीरलाई शक्ति चाहिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मद्दत गर्छ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु¥याउँछ । यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दा“त र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुल्ला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङगमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बिया“, लट्टेको गेडा, ओखर, ज्वानोआदिबाट पनि शरीरमा  प्रोटिन पाइन्छ । प्रोटिन कपाल, हाड, मांशपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो । प्रोटिनले घाउ छिटो निको गर्न मद्धत पु¥याउ“छ ।

शरीरलाई आवश्यकमात्रामा चाहिने प्रोटिनयुक्त खाना नखा“दा उमेरअनुसार उचाई बढ्दैन, केटाकेटी ख्याउटे, दुब्लो र कमजोर हुन्छन् । शरीर सुन्निने पनि हुन्छ । कहिलेका“ही छालामा दाग पनि देखिन्छ । भटमास, मह, सागसब्जी र दूध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन । गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ पाइन्छ । जसले सरुवारोग र कमजोरीबाट बचाउ“छ । फर्सी, गाजर, बकुल्ला र उमारेको गेडागुडीमा शरीरलाई आवश्यक पर्ने तत्व हुन्छन् । यस्तै, शारीरिक विकास, तेज आखा, स्वस्थ्य छाला, बलियो दात र हाड बनाइराख्न भिटामिन ए आवश्यक हुन्छ ।

अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानको  निष्कर्ष भनिएको छ– ‘मृत्युदर घटाउन शाकाहरी भोजनले बढी सहयोग पु¥याएको देखिन्छ । अनुसन्धानकर्ताका अनुसार शाकाहारी भोजनले मेटाबोलिन सिन्ड्रोम, उच्च रक्तचाप, इसेमिक हर्ट डिजिज, मधुमेहलगायतका कैयौं दीर्घ रोगको सम्भावना कम हुन्छ । ६० हजारभन्दा बढी बेलायतीमा यसअघि गरिएको अर्को अनुसन्धानले समेत मांशाहारीको दाजोमा शाकाहारीलाई कम क्यान्सर हुने देखिएको छ ।

बेफाइदा

शाकाहारी खानामा मानिसलाई आवश्यक पोषक तत्व परिपूर्ति गर्ने भएपनि माछा या मासुबाट प्राप्त हुने केही निश्चित तत्व पाउँन सकिदैंन । शाकाहारी खानामा प्रोटिन, क्याल्सियम, भिटामिन बि १२, आइरन, जिंक निकै कम मात्रामा पाइन्छन् । भिटामिन बि १२ सोया उत्पादन, संरक्षित अनाज तथा जनावरका उत्पादनमा पाइन्छ । सोयामिल्क, मिल्क र अन्य दुग्धजन्य पदार्थहरु भिटामिन डिका प्रमुख स्रोत हुन् । मासु, चिकेन, माछामा आइरन र जिङक प्रशस्त मात्रामा पाइन्छन् । दुध, चिज र दही क्याल्सियमका उत्कृष्ट स्रोत हुन् । यस्ता पोषक तत्व शाकाहारी खानामा पाइदैंनन् । मासु प्रोटिनको महत्वपूर्ण स्रोत हो, यसमा शरीरलाई अति आवश्यक एमिनो एसिड पाइन्छ ।

मासुमा पाइने फोस्फोरसलाई शरीरले सजिलैसंग पचाइदिन्छ । शाकाहारी खाद्यपदार्थ बडिबिल्डरलाई काम लाग्दैन । कार्बोहाइड्रेट र प्रोटिनविनाको खानाले रक्तअल्पता निम्त्याउँन सक्छ । पूर्णतया चिल्लोरहित खाद्य पदार्थ पनि स्वास्थ्यका लागि ठीक होइन, स्नायुप्रणाली र शरीरलाई ठीक ढंगले सञ्चालन गर्न पनि निश्चित मात्राको कोलेस्टेरोल र चिल्लो पदार्थ चाहिन्छ ।

शाकाहारीले यथेष्ट मात्रामा प्रोटिन पाउन दैनिक धेरै तरकारी खानुपर्छ । प्रोटिनको अभावमा घाउ निको हुन समय लाग्ने, थकान सिर्जना हुने जस्ता समस्या सिर्जना हुन्छ । आइरन, भिटामिन बी १२ को अभाव पूर्ति गर्न दैनिक मल्टीभिटामिन लिनुपर्ने हुन्छ । अर्को समस्या भनेको बारम्बार भोक लाग्ने हुन्छ । शरीरलाई चाहिने तत्व नपाउँदा यस्तो हुनु स्वभाविक हो । यस्तै, राम्ररी निद्रा नलाग्ने र दैनिक गतिविधिमा चासो नलिने जस्ता समस्या निम्तन्छन् ।