अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने म्याग्दीको तातोपानीबाट पूर्व उत्तर पैदल हिंड्दै चार घन्टामा लेकगाउँ पुग्न सकिन्छ  । लगभग एक सय घर धुरी रहेको लेकगाउँमा मगर जातिको बाहुल्य छ  । प्राकृतिक रूपमा धनी यो गाउँको सुन्दरता भन्नु नै हिमालैहिमालको घेराबन्दी हो । पदयात्रीका लागि उत्कृष्ट रुट मानिएको लेकगाउँबाट नीलगिरि हिमाल र अन्नपूर्ण पहिलो देखिन्छ । हिंडाइको दोस्रो दिनमा धौलागिरि, टुकुचे हिमाल आँखैसामु आउँछ । स्थानीय घान्द्रुक इलाकाका संरक्षण अधिकृत विदुरविक्रम कुइँकेलका अनुसार, ३७ सय मिटर उचाइमा पर्ने खोप्रा डाँडाबाट बिहानै सुनौलो घामको प्रतिच्छायामा अन्नपूर्ण साउथदेखि गुर्जा हिमालसम्मै मनोहक देखिन्छ ।

-यात्रा थुलुङ राई copyright: Kantipurdaily.com