क्यान्सरहरू धेरै प्रकारका छन् । अाजभाेली धेरै मानिसहरू क्यान्सर पीडित पनि छन् । क्यान्सर भएकाे सुरूवाती चरणमा नै थाहा नहुनाले र उपचार विधि अति नै महंगाे हुनाले कतिकाे मृत्यु पनि हुने गरेकाे पाइन्छ ।

युवाहरुमा आजकाल मूत्राशय क्यान्सरको खतरा तीब्र रुपमा बढिरहेको छ। यो क्यान्सर अण्डकोशमा हुन्छ । अण्डकोशले शरीरमा टेस्टोस्टेरोन तथा अन्य कयौं महत्वपूर्ण हर्मोन उत्पादन गर्छ । वीर्यकोषका कोशिकाहरुको अनियन्त्रित वृद्धिबाट नै मूत्राशय क्यान्सर हुन्छ । वीर्यकोश प्रजनन कोशिकाहरुका लागि पनि जिम्मेवार हुन्छ । खासगरी कोइला खानीमा कामगर्ने श्रमिकलाई मूत्राशय क्यान्सर हुने खतरा अधिक हुन्छ । पत्थरी पनि लामो समयसम्म भयो भने क्यान्सरको रुप लिन सक्छ।

यो क्यान्सर सेल्स लिम्फेटिक फ्लुइडमा डायफ्राम र किड्नीबीच बन्छ । आखिरी चरणमा क्यान्सरका कोशिकाहरु शरीरभर फैलन्छ, जसबाट फोक्सो, मष्तिष्क, कलेजो र हड्डीमा प्रभाव पार्छ । यदि समयमै उपचार नगरिएमा बिरामीको मृत्युसम्म हुन सक्छ । ९५ प्रतिशत स्थितिमा क्यान्सर घातक हुन्छ र उपचार अभावमा यो शरीरमा फैलन्छ ।

यसका लक्षण

यदि अण्डकोशमा यदि कुनै पनि प्रकारका गाँठागुँठी छन् भने क्यान्सरको लक्षण हुन सक्छ । त्यो गाँठा केराउको आकार या त्योभन्दा अलिक ठूलो पनि हुन सक्छ । त्यसैले यस्तो अवस्थामा सचेत रहनुपर्छ ।यस्तै, अण्डकोशमा परिवर्तन आउछ । आकार ठूलो हुँदैं जान्छ । यसका अलावा अण्डकोष कठोर पनि हुन सक्छ। अण्डकोषमा भारीपन आउन सक्छ ।

मूत्राशय क्यान्सर भएको अवस्थामा पिसाब गर्दा पीडा हुन्छ, साथै पिसाबबाट रगत पनि आउँछ । यदि पिसाब गर्न अप्ठेरो भइरहेको छ या पेट या ढाडमा लगातार पीडा भइरहेको छ भने त्यो मूत्राशय क्यान्सरका लक्षण हुन् ।क्यान्सर अण्डकोषबाट सुरु भएर बिस्तारै शरीरका अन्य भागमा फैलन्छ । फोक्सोमा पनि असर पर्छ । त्यसैले यस्तो समस्या भएको मानिसलाई श्वास लिन पनि कठिनाई हुन्छ ।

मूत्राशय क्यान्सर भएको छ कि छैन भनेर आफैैले परीक्षण पनि गर्न सकिन्छ । अण्डकोषमा केही असामान्य अवस्था आउनेबित्तिकै चिकित्सकको सल्लाह लिनुपर्छ । १५ वर्षपछिका मानिसहरुले मूत्राशय क्यान्सरबारे सचेत रहनुपर्छ र समयसमयमा परीक्षण गराउनुपर्छ ।

-स्वास्थ्यखबर पत्रिकाबाट